Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारयुनाइटेडको सिल्भर जुब्ली बचत खाता

युनाइटेडको सिल्भर जुब्ली बचत खाता


काठमाडौं फागुन ५
युनाइटेड फाइनान्स लिमिटेडले २५औं वार्षिकोत्सवको उपलक्ष्यमा सिल्भर जुब्ली बचत खाता सञ्चालनमा ल्याएको छ । ‘एक घर एक खाता’को अभियानलाई निरनतरता दिँदै घरदैलो कार्यक्रमका माध्यमबाट प्रत्येक घर घरमा एक खाता खोल्ने अभियानअर्न्तगत उक्त खाता योजना सञ्चालनमा ल्याएको हो ।

योजनाअन्तर्गत फाइनान्सको सिल्भर जुब्ली बचत खाता खोल्ने हरेक खातावालाको खातामा फाइनान्सका तर्फबाट एक सय रूपैयाँ जम्मा गरिने तथा निःशुल्करूपमा भिसा कार्ड तथा आस्वा सेवा उपलव्ध गराइनेछ । नेपालकै पुरानोमध्येको फाइनान्समा हालै मात्र कम्पनीमा भारतको प्रतिष्ठित मुत्तुट फाइनान्स रणनीतिक साझेदारकारूपमा भित्रिएको छ । कम्पनीले आफ्ना २३ वटा शाखा कार्यालयबाट बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ र यो योजना सबै शाखा कार्यालयहरूमा लागू गरिएको छ । यो योजना हाललाई फागुण महिनाभरिका लागि सञ्चालनमा ल्याइएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया