Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसानिमा बैंकको ‘डबल धमाका मुद्दती खाता’

सानिमा बैंकको ‘डबल धमाका मुद्दती खाता’


काठमाडौं । सानिमा बैंकले ‘सानिमा डबल धमाका मुद्दती खाता’ सार्वजनिक गरेको छ । बैंकले नयाँ वर्षको उपलक्ष्यमा आफ्ना ग्राहकहरूलाई लक्षित गरी सानिमा डबल धमाका मुद्दती खाताअन्तर्गत व्यक्तिगत ग्राहकहरूलाई लक्षित गरी ल्याइएको उक्त मुद्दतीमा ग्राहकहरूले न्यूनतम पाँच लाख रुपैयाको मुद्दती खोल्न सक्नेछन् । ग्राहकहरूले यो योजनामा उक्त रकम साढे छ वर्षमा दोब्बर भएर शतप्रतिशत प्रतिफल प्राप्त गर्न सक्नेछन् । मुद्दती निक्षेप रकम परिपक्वतापश्चात् दोब्बर भई भुक्तानी गर्न सकिने भएको छ । प्रतिफलमा लाग्ने कर रकम ग्राहकहरू स्वयमले व्यहोर्नुपर्ने बताइएको छ ।

व्यावहारिक कार्यका लागि रकम आवश्यक परेमा ९० प्रतिशतसम्मको ऋण लिन सक्नेछन् । ग्राहकले दुई लाखसम्मको निःशुल्क क्रेडिट कार्डको लागि आवेदन दिन सक्नेछन् । यस योजनाअन्तर्गत एकभन्दा बढी मुद्दती खाताहरू समेत खोल्न सकिने बैंंकले जानकारी दिएको छ । बैंकको हाल देशको सातवटै प्रदेशमा एक सय २६ वटा शाखा कार्यालय र एक सय १५ वटा एटीएम काउन्टर सञ्चालनमा रहेका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया