Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनएमबी बैंकद्वारा सर्लाहीका किसानलाई वित्तीय साक्षरता तालिम

एनएमबी बैंकद्वारा सर्लाहीका किसानलाई वित्तीय साक्षरता तालिम


काठमाडौं । एनएमबी बैंकद्वारा लालबन्दी (सर्लाही)का तरकारी उत्पादक कृषकहरूलाई वित्तीय साक्षरता तालिम प्रदान गरेको छ । कार्यक्रममा तरकारी उत्पादक समूहका करिब एक सय ५० जना कृषकहरूको उपस्थिति रहेको थियो । बैंकको लघुवित्त विभाग तथा शाखा कार्यालय लालबन्दीद्वारा आयोजित उक्त कार्यक्रमा उपस्थित कृषकहरूलाई उत्प्रेरणाको साथै बचत, लगानी, विभिन्न प्रकारका कर्जाहरू तथा बैंकबाट प्राप्त गर्न सकिने अन्य विभिन्न सेवाहरूको विषयमा वित्तीय शिक्षा प्रदान गर्नुको साथै किसानहरूसँग अन्तरक्रिया समेत गरी उनीहरूको जिज्ञासा तथा सुझावहरू संकलन गरिएको थियो ।

कार्यक्रममा एनएमबी बैंकका तर्फबाट लघुवित्त विभागका प्रबन्धक श्री शरद पौडेलले सहजीकरण गरेका थिए भने कार्यक्रमको संयोजन बैंकको लालबन्दीका शाखा प्रमुख अरुण कुमार आचार्यले गरेका थिए । सर्लाहीको लालबन्दी क्षेत्र तरकारी उत्पादनको लागि अत्यन्तै महत्वपूर्ण पकेट क्षेत्र मानिन्छ । यस क्षेत्रका करिब एक हजार पाँच सय किसानहरू प्रत्यक्ष रूपमा व्यावसायिक तरकारी खेतीमा लागेका छन् । यस क्षेत्रमा उत्पादित तरकारीहरू नेपालका काठमाडौं, पोखरा, विराटनगर, नारायणगढलगायतका विभिन्न सहरहरूमा पठाइने गरिन्छ । यस कार्यक्रमले यहाँका किसानहरूमा वित्तीय ज्ञान प्राप्त भई आत्मनिर्भर बन्न सघाउ भई समग्र अर्थतन्त्रलाई नै सकरात्मक प्रभाव पर्ने बैंकले विश्वास लिएको छ ।

एनएमबी बैंकले दि फिनान्सियल टाइम्स, लन्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो । एनएमबी बैंकले २०१७, २०१८, २०२० र २०२१ लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरिसकेको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया