Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारमाछापुच्छ्रे बैंकको ‘माछापुच्छ्रे स्मार्ट मुद्दती खाता’

माछापुच्छ्रे बैंकको ‘माछापुच्छ्रे स्मार्ट मुद्दती खाता’


काठमाडौं । माछापुच्छ्रे बैंकले माछापुच्छ्रे स्मार्ट मुद्दती खाता सार्वजनिक गरेको छ । बैंकले साढे छ वर्षमा बचत गरेको रकमको दोब्बर दिनेगरी मुद्दती खाता सार्वजनिक गरेको हो ।

बैंकका अनुसार यो खातामा ग्राहकले साढे छ वर्षमा आफूले जम्मा गरेको रकमको दोब्बर रकम पाउनेछन् । यो खाता खोल्दा न्यूनतम ५० हजार भए पुग्ने बैंकले जानकारी दिएको छ । बैंकले खातामा रहेको साँवा रकमको ९० प्रतिशतसम्म ऋण ग्राहकलाई दिन सक्नेछ । बैंकले नवीनतम योजना ल्याएको जिकिर गरेको छ । यो योजना माछापुच्छ्रे बैंकका देशभरका एक सय ६५ मध्ये कुनै पनि शाखाबाट खाता खोल्न सकिने बैंकले जनाएको छ ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया