Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी तामाङ पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी तामाङ पक्राउ


काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकिङ कसुरका फरार अभियुक्तलाई पक्राउ गरेको छ । सीआईबीका अनुसार चितवनको खैरहनी नपा वडा नं ४ घर भई बैंकिङ कसुरको अभियोगमा फरार रहेका ३५ वर्षीय धन बहादुर तामाङलाई मंगलबार चितवनको खैरहनीबाट पक्राउ गरिएको हो ।

प्रतिवादी तामाङले पर्याप्त मौज्दात रकम नभएको कुमारी बैंक लिमिटेड, सौराहा शाखामा रहेको निजको नामको खाताबाट रकम भुक्तान हुने भनी जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी विसं २०७५ भदौ १० गते दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर अदालतले गरेको थियो । सोही आधारमा बैंकिङ कसुर मुद्दामा प्रतिवादीलाई उच्च अदालत पाटनबाट बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम छ दिन कैद र १३ लाख रुपैयाँ जरिवाना हुने ठहर भएकोमा उक्त सजाय बेरुजु भई फरार रहेका थिए । पक्राउ परेका तामाङलाई सोमबार नै फैसला कार्यान्वयनको लागि चितवन जिल्ला अदालतमा पेस गरेको गरिएको जानकारी सीआईबीले दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया