काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आगामी आर्थिक वर्ष २०७९/८० को बैंकको बजेट तथा कार्यक्रम तय गर्ने उद्देश्यले दुई दिने बजेट गोष्ठी तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । यही जेठ ३ र ४ गते काठमाडौंको चन्द्रागिरीमा आयोजित बजेट गोष्ठीमा नेपाल बैंक व्यवस्थापन, बैंकका सम्पूर्ण विभाग तथा डिभिजन प्रमुखहरू र प्रादेशिक कार्यालय प्रमुखहरू गरी ४२ जनाको सहभागिता रहेको थियो ।
प्रधान कार्यालय बजेट तथा योजना विभागले आयोजना गरेको उक्त बजेट गोष्ठीमा सहभागीहरूलाई नेपालको आर्थिक तथा वित्तीय क्षेत्रको वर्तमान अवस्था र सम्भावनाहरूसम्बन्धी प्रशिक्षण समेत प्रदान गरिएको थियो । बैंकले सम्पूर्ण प्रदेशहरूमा प्रदेशस्तरीय बजेट गोष्ठीहरू सम्पन्न गरी सम्पूर्ण शाखाहरूबाट आएका सल्लाह सुझावहरू सम्बन्धमा प्रधान कार्यालयका विभाग तथा डिभिजनबीच छलफल साथै रायसुझावसहित बजेट तथा कार्यक्रमहरू तयार गर्दा त्यसको प्रभावकारिता बढी हुने देखिएकोले यस्ता कार्यक्रमहरू प्रत्येक वर्ष आयोजना गरिँदै आएको बैंकले जनाएको छ ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले नेपाल बैंकको हालको जनशक्ति भनेको नेपालको बैंकिङ क्षेत्रकै सक्रिय तथा युवा जनशक्ति भएको उल्लेख गर्दै यही जनशक्तिको कडा मिहिनेतले गर्दा नै नैपाल बैंक आज अत्यन्त सबल र प्रतिस्पर्धी बैंकको रूपमा अगाडि आएको विचार व्यक्त गरे ।
सम्पूर्ण नेपालीहरूमा सरल, सहज र आधुनिक बैंकिङ सेवा प्रदान गर्दै निरन्तर आफ्नो सेवामा समर्पित भई ग्राहकहरूको विश्वास जित्दै देशको आर्थिक विकासमा महत्वपूर्ण योगदान गर्ने उद्देश्यका साथ बजेट तथा कार्यक्रमहरू तर्जुमा हुने विश्वास समेत उनले व्यक्त गरे । कार्यक्रममा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृतहरू लक्ष्मण पौडेल, विश्वराज बराल, प्रकाश कुमार अधिकारी, होम बहादुर खड्का, काठमाडौं बैंकिङ अफिस प्रमुख, प्रादेशिक कार्यालय प्रमुखहरू र प्रधान कार्यालयका सम्पूर्ण विभाग तथा डिभिजन प्रमुखहरूको सहभागिता रहेको थियो ।
नेपालभर दुई सय १७ वटा शाखाहरू, एक सय ७९ वटा एटीएम साथै ४९ वटा एक्टेन्सन काउन्टरमार्फत करिब २१ लाख ग्राहकहरूलाई वित्तीय सेवा पु-याइरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधिमार्फत बैकिङ सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धीरूपमा अगाडि बढिरहेको छ । विगत केही वर्षयता बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा मुख्य जोड दिई युवा जनशक्तिमार्फत नेपाल राज्यभर बैंकिङ सेवा प्रदान गरिरहेको छ । दक्ष व्यवस्थापन, युवा कर्मचारी र आधुनिक प्रविधिको समुचित प्रयोग भएसँगै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैंकप्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गएको देखिन्छ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- ग्लोबल आईएमई बैंक ‘स्वस्थ नारी पहल’अन्तर्गत निःशुल्क महिला स्वास्थ्य शिविरको आयोजना
- सेञ्चुरी बैंक र हिमालय दृश्य रिसोर्टबीच सम्झौता
- सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्सबीच मर्जर सम्झौता
- आईएमई लाइफको ‘बालकिरण जीवन बीमा’
- माछापुच्छ्रे बैंकद्वारा हलेसी मन्दिरलाई भक्तजन गन्ने मेसिन हस्तान्तरण
- एनआईसी एसियाको मोबाइल बैंकिङ एपमार्फत एयरलाइन्स टिकटमा ‘क्यास ब्याक’
- बाइडेन–सी फोनवार्ता यही हप्ता
- थप ४३ क्यानेडियाली रुसको कालोसूचीमा
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- नागरिक समाज, विकास र जवाफदेहिता
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया