Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसेञ्चुरी कमर्सियल बैंक र मोको डिजिटल वालेटबीच सम्झौता

सेञ्चुरी कमर्सियल बैंक र मोको डिजिटल वालेटबीच सम्झौता


काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र मोको डिजिटल वालेटबीच भिसा डेबिट र क्रेडिट कार्डवाहकहरूले क्यूआर स्क्यानमार्फत भुक्तानी गर्न मिल्ने सुविधासहित डिजिटल वालेटसम्बन्धी सम्झौता भएको छ ।

बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहकहरूले आफ्नो कार्डलाई मोको डिजिटल वालेटमा लोड गरी मोकोको क्यूआरहरूमा प्रयोग गर्न मिल्ने गरी सम्झौता भएको छ । यस सम्झौतापश्चात् सेञ्चुरी कमर्सियल बैंकका डेबिट कार्डलगायत क्रेडिट कार्डवाहकहरूले सम्बन्धित कार्डको सर्त बन्देज तथा सुविधाको अधीनमा रही क्यूआर स्क्यानमार्फत भुक्तानी गर्न मिल्ने हुँदा ग्राहकहरूलाई थप सुविधा प्राप्त हुनेछ । मोको डिजिटल वालेटमा कार्डहरू लोड गरिसकेपछि विभिन्न प्रयोजनको लागि भौतिक कार्डको समेत आवश्यकता पर्ने छैन ।

क्रेडिट कार्डवाहकहरूले समेत क्यूआर स्क्यान गर्न मिल्ने सुविधा नेपालमा एउटा नयाँ सुरुवात हुने बैंकले जनाएको छ । उक्त सम्झौतापत्रमा मोको डिजिटल वालेटकातर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रणय राजभण्डारी र बैंकको तर्फबाट प्रमुख व्यापार प्रवद्र्धन अधिकृत शंकर केसीले हस्ताक्षर गरेका छन् । बैंकले एक सय ४५ वटा शाखा, १० वटा एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकिङ र एक सय १५ वटा एटीएममार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया