Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारमाछापुच्छ्रे बैंकद्वारा भाटभटेनी सुपरमार्केटलाई नेपाल–पे क्यूआर कोड हस्तान्तरण

माछापुच्छ्रे बैंकद्वारा भाटभटेनी सुपरमार्केटलाई नेपाल–पे क्यूआर कोड हस्तान्तरण


काठमाडौं । माछापुच्छ्रे बैंकले भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोरलाई एनसिएचएलद्वारा प्रर्वद्धित नेपाल–पे क्यूआर कोड हस्तान्तरण गरेको छ । नगदरहित कारोबारलाई प्रवर्द्धन गर्ने तथा ग्राहक एवं व्यापारीलाई सहज डिजिटल बैंकिङ सेवाको पहुँच पु-याउने लक्ष्यका साथ उक्त नेपाल–पे क्यूआर सेवा भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोरका अध्यक्ष मीन बहादुर गुरुङलाई एक औपचारिक कार्यक्रममा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाबाट हस्तान्तरण गरिएको हो ।

उक्त कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सर्जु कुमार थापा, नायब महाप्रबन्धक प्रसिद्ध राज अर्याललगायतको पनि उपस्थिति रहेको थियो । नेपाल–पेको क्यआर सेवा सुरु भएसँगै ग्राहकहरूले आफूले उपभोग गरेको वस्तु तथा सेवाको रकम भुक्तानी सिधै आफ्नो बैंक खाताबाट एम स्मार्ट (मोबाइल बैैंकिङ एप्लिकेसन अफ एमबीएल) मार्फत भुक्तानी गर्न सक्नेछन् ।

Open photo

आफूले प्रयोग गरेको वस्तु तथा सेवाको आफ्नै बैंक खातामार्फत डिजिटल भुक्तानी गर्दा ग्राहकको साथै व्यापरीलाई समेत खुद्रा पैसाको झन्झट नहुने, बचत गर्ने बानीको विकास हुने, व्यापारीलाई हरेक दिन आफूले गरेको व्यापारबाट आएको पैसा जम्मा गर्न बैंकसम्म जानुनपर्नेलगायतका थुपै सुविधाहरूको कारणले गर्दा क्यूआर कोड सेवाको पछिल्लो समय सबै वर्ग र क्षेत्रमा आकर्षण बढ्दै गएको छ । यही कुरालाई मध्यनजर गर्दै माछापुच्छ्रेले पछिल्लो समय देशका धेरैजसो स्थानहरूमा आक्रामकरूपमा यो सेवा प्रदान गर्दै आइरहेको छ ।

स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिबद्ध रहेको माछापुच्छ्रे बैंकले हालै मात्र नेपाली कर्मसियल बैंकिङ इतिहासमा पहिलो पटक आफ्नै मोबाइल वालेट रेमिट्याप सञ्चालनमा ल्याएको छ भने अन्य डिजिटल सेवाहरू जस्तैः मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवा, अनलाइनमार्फत खाता एवं मुद्दती खाता खोल्नेलगायतका थुप्रै अत्याधुनिक प्रविधिहरू आफ्ना ग्राहकमाझ ल्याइसकेको छ ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया