Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारजीवन विकास लघुवित्तको संयोजकत्वमा कारागार कार्यालय मोरङमा शुद्ध खानेपानी जडान

जीवन विकास लघुवित्तको संयोजकत्वमा कारागार कार्यालय मोरङमा शुद्ध खानेपानी जडान


काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लि. केन्द्रीय कार्यालय कटहरीको संयोजकत्वमा कारागार कार्यालय मोरङ, विराटनगरमा शुद्ध खानेपानी जडान गरिएको छ । कारागार कार्यालय मोरङ, विराटनगरमा लगभग एक हजार एक सय कैदी रहेका छन् । यस खानेपानी जडानले त्यहा रहेका एक हजार एक सय कैदी लाभान्वित हुनेछन् ।

उक्त कारागारमा पानीमा कन्डक्टीभिटी, आइरन, म्याग्नासिन, आर्सेनिकको मात्र बढी भई छालासम्बन्धी एलर्जी, लुतो र पेटको रोगहरूको समस्या देखापरेको थियो । अबउप्रन्त यस प्लान्ट जाडान भएपछि उक्त समस्या समाधान हुने संस्थाको विस्वास छ । यस जडित प्लान्टको नाम वाटर ट्रिटमेन्ट प्लान्ट रहेको छ । जम्मा प्लान्ट संख्या तीनवटा रहेका छन् भने उक्त प्लान्ट जडान गर्न सहयोगी संस्थाहरू जीवन विकास लघुवित्त वित्तीय संस्था लि.का साथै फरर्वाड लघुवित्त वित्तीय संस्था लि., गुराँस लघुवित्त वित्तीय संस्था लि. र सपोर्ट लघुवित्त वित्तीय संस्था लि. रहेका छन् र यस प्लान्ट तयार पार्दासम्मको लागत चार लाख रुपैयाँ रहेको संस्थाले जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया