Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारहिमालयन बैंकको दुई अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्रको बिक्री खुला

हिमालयन बैंकको दुई अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्रको बिक्री खुला


काठमाडौं । हिमालयन बैंकले दुई अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्रको बिक्री खुला गरेको छ । बैंकले बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडमार्फत एक हजार रुपैयाँ अंकित मूल्य कायम रहने गरी २५ लाख कित्ता ऋणपत्रको बिक्री खुला गरेको हो ।

बैंकका अनुसार सात वर्ष अवधिको १० दशमलव ५० प्रतिशत ब्याजदर तोकिएको हिमालयन बैंक लिमिटेड बन्ड २०८६ को बिक्री कार्य यही भदौ १५ गतेबाट खुला भएको हो । ऋणपत्रको बिक्रीकार्य भने छिटोमा यही भदौ १९ गते र ढिलोमा यही भदौ २९ गते बन्द हुनेछ ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया