Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारराधी जलविद्युत् कम्पनीले हकप्रद सेयर निष्काशन गर्ने

राधी जलविद्युत् कम्पनीले हकप्रद सेयर निष्काशन गर्ने


काठमाडौं । राधी जलविद्युत् कम्पनीले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हाल कायम रहेको चुक्ता पुँजी ६४ करोड ६४ लाख चार हजार छ सय २२ रुपैयाँमध्येबाट १ः१.४७५२ को अनुपातमा एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी ९५ करोड ३५ लाख ७६ हजार रुपैयाँबराबरको ९५ लाख ३५ हजार कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो ।

अधिकृत पुँजी दुई अर्ब ५० करोड तथा जारी पुँजी दुई अर्ब ५० करोड रुपैयाँ रहेको कम्पनीको हकप्र्रद सेयरको बिक्रीपश्चात् भने चुक्ता पुँजी एक अर्ब ५९ करोड ९९ लाख ८० हजार चार सय ७१ रुपैयाँ ५० पैसा पुगेको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको कम्पनीको यही असोज पाँच गते खुला हुने हकदप्रद सेयरको बिक्री कार्य यही असोज २५ गते बन्द हुनेछ ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया