Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारग्लोबल आईएमई बैंकको एटीएम बुटवलको देवीनगरमा

ग्लोबल आईएमई बैंकको एटीएम बुटवलको देवीनगरमा


काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड देवीनगर शाखाले आफ्नो शाखा परिसरमा दोस्रो एटीएम सेवा सञ्चालनमा ल्याएको छ । नयाँ एटीएम सेवा थप भएसँगै ग्लोबल आईएमई बैंकको एटीएम संख्या दुई सय ७३ पुगेको छ ।

उक्त एटीएम सेवाको उद्घाटन बुटवल उपमहानगरपालिका–११ देवीनगरका वडाध्यक्ष रामचन्द्र क्षेत्री तथा बैंकका लुम्बिनी प्रदेशप्रमुख रबि श्रेष्ठले संयुक्तरूपमा गरेका छन् । एटीएम सेवा समुद्घाटन गर्दै वडा अध्यक्ष क्षेत्रीले बुटवल उपमहानगरपालिकाकै सबैभन्दा ठूलो वडामा रहेको बैंकको एटीएमले सेवाग्राहीलाई धेरै सुविधा पु-याउने बताए । कार्यक्रममा स्थानीय तथा बैंकका कर्मचारीहरूको ठूलो उपस्थिति रहेको थियो ।

७७ वटै जिल्लामा दुई सय ८९ शाखा रहेको नेपालको पहिलो निजी क्षेत्रको बैंकले दुई सय ७३ एटीएम, दुई सय ७५ शाखारहित बैंकिङ सेवा, ५२ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी आठ सय ९० भन्दा बढी सेवा केन्द्रबाट ३० लाखभन्दा बढी ग्राहकहरूमाझ सेवा प्रदान गरिरहेको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया