नेसनल लाइफ इन्स्योरेन्सको ‘इम्प्लोयी स्किल इन्हान्समेन्ट वर्कसप’
काठमाडौं । ‘एक्सेल एन्ड इलेभेट २०७९/८०’ नाराका साथ नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिले तीन दिने ‘इम्प्लोयी स्किल इन्हान्समेन्ट वर्कसप’ पोखरामा सम्पन्न गरेको छ । कम्पनीमा कार्यरत प्रशासनिक कर्मचारीको दक्षता अभिवृद्धि गर्ने उदेश्यले सम्पन्न गरिएको उक्त कार्यक्रम कम्पनीका अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहको सभापतित्वमा आयोजना गरिएको उक्त सम्मेलनको समुद्घाटन गर्दै अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले दक्ष कर्मचारीहरूबाट नै उत्कृष्ट परिणाम प्राप्त गर्न सकिने भएकोले कम्पनीको कर्मचारीहरूको दक्षता अभिवृद्धिको लागि आवश्यक लगानी गर्दै जाने जानकारी गराइन् । सम्मेलनमा विभागीय प्रमुखसहित देशभरिबाट प्रशासनिक कर्मचारीहरू गरी दुई सय जनाभन्दा बढीको सहभागिता थियो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले बीमा व्यवसाय प्रतिस्पर्धात्मक हुँदै गइरहेको वर्तमान स्थितीमा आफ्नो दक्षता, मेहनत र आपसी समन्वयबाट कम्पनीको व्यावसायिक लक्ष्य हासिल गरी बीमा बजारमा कम्पनीलाई अग्र स्थानमा पु-याउन मार्केटिङ कर्मचारीहरूको जत्तिकै भूमिका प्रशासनिक कर्मचारीहरूको पनि हुने भएकोले सबैले आ–आफ्नो जिम्मेवारी वहन गर्दै यस सम्बन्धमा अधिकतम प्रयास गर्न उत्प्रेरणा प्रदान गरे । प्रमुख कार्यकारी अधिकृत खत्रीले बीमा समितिवाट कर्मचारी दक्षता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्नुपर्ने निर्देशन प्राप्त भएअनुसार यो कार्यक्रम सञ्चालन गरिएको र आगामी वर्षहरूमा पनि यस्ता कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गरिने जानकारी गराए । कार्यक्रममा नियमनकारी निकाय बीमा समितिका निर्देशक सुशील देव सुवेदीले नेपालको बीमा क्षेत्रमा संस्थागत सुशासनको अवस्था र यस सम्बन्धमा नियामक निकायवाट भएका विस्तृत प्रयासहरू सम्बन्धमा गहन जानकारी गराएका थिए ।
सम्मेलनमा सहभागी कर्मचारीहरूलाई चर्चित सञ्चारकर्मी एवं मिस नेपाल (२००५) सुगारिका केसीले व्यक्तित्व विकास सम्कन्धमा प्रशिक्षण प्रदान गरेकी थिइन् । नेपाल पुनर्बीमा कम्पनीका पूर्वप्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले कार्यक्रममा जोखिमांकन प्रक्रियाको महत्वमा प्रकाश पारेका थिए । साथै कम्पनीका विभागीय प्रमुखहरूले कम्पनीको प्रशासनिक कार्यहरू सम्पन्न गर्ने क्रममा विभिन्न समस्याहरूको पहिचान गरी सहजीकरण गर्दै कम्पनीका ग्राहक तथा अभिकर्ता वर्गहरूलाई छिटो छरितो र विश्वासिलो सेवा प्रदान गर्ने उपायहरूका बारेमा जानकारी गराएका थिए । सम्मेलनमा उत्कृष्ट कार्य गर्ने पाँच जना कर्मचारीहरूलाई प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीबाट सम्मान तथा पुरस्कृत गर्दै कार्यक्रम समापन गरिएको कम्पनीले जानकारी दिएको छ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- भान्सामा सिस्नोको परिकार पाक्ने क्रम बढ्दै
- बोर्डलाई नौ अर्ब ६२ करोडबराबरका स्वामित्व हस्तान्तरण
- भ्रष्टाचार अवधारणा सूचकाङ्कमा नेपालको सुधार
- होटल र मदिरा व्यवसायीलाई करको दायरामा आउन आग्रह
- म्युचुअल फण्ड नियमावलीको प्राविधिक त्रुटिमा टेकेर बार्गेनिङ
- मोबाइलबाट दिनमा दुई लाख रुपैयाँसम्म कारोबार
- तलब, पेन्सन र सामाजिक सुरक्षाको रकम वृद्धि सरकारका लागि घाँडो
- २१ सय ११ बिन्दुमा खुम्चियो सेयर बजार
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया