एनसीसी बैंक र मनकामना अस्पताल प्रालिबीच सम्झौता
काठमाडौं । एनसीसी बैंकले आफ्ना ग्राहकहरूलाई चितवनको भरतपुरमा अवस्थित मनकामना अस्पताल प्रालिमा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ ।
सम्झौताअनुसार बैंकको भिसा डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले उक्त मनकामना अस्पताल प्रालिमा ओपीडी चेकअप एन्ड इन्भेष्टिगेसन (इन्डोस्कोपी, एक्स रे, यूएसजी, प्याथोलोजी टेस्ट, जनरल वार्ड र क्याबिन बेड चार्जमा १५ प्रतिशत र ओटी चार्ज, सिटी स्क्यान, आईसीयू, एनआईसीयू, नर्सरीमा १० प्रतिशतसम्म छुट प्राप्त हुनेछ ।
देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले सातवटै प्रदेशमा गरी एक सय ५६ वटा शाखा १५ एक्स्टेन्सन काउन्टर र एक सय ३७ एटीएम बुथहरू सञ्चालन गरीे ग्राहकहरूलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ । एनसीसी बैंक २५ वर्षदेखि आम नागरिकका माझ विश्वासिलो बैकिङ सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यहरूमा पनि सक्रियरूपमा सहभागी हुँदै आएको छ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- नवउद्यमीलाई बजारीकरणमा प्रविधिको प्रयोग गर्न आग्रह
- सुशासन सपना र भाषणमै सीमित
- भान्सामा सिस्नोको परिकार पाक्ने क्रम बढ्दै
- बोर्डलाई नौ अर्ब ६२ करोडबराबरका स्वामित्व हस्तान्तरण
- भ्रष्टाचार अवधारणा सूचकाङ्कमा नेपालको सुधार
- होटल र मदिरा व्यवसायीलाई करको दायरामा आउन आग्रह
- म्युचुअल फण्ड नियमावलीको प्राविधिक त्रुटिमा टेकेर बार्गेनिङ
- मोबाइलबाट दिनमा दुई लाख रुपैयाँसम्म कारोबार
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया