Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल बैंक र गोरखापत्र संस्थानबीच सम्झौता

नेपाल बैंक र गोरखापत्र संस्थानबीच सम्झौता


काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र गोरखापत्र संस्थानबीच बैंकिङ्ग कारोवार लगायतका विषयमा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । बुधबार नेपाल बैंकको प्रधान कार्यालयमा आयोजित एक समारोहमा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णु प्रसाद सुबेदीले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौताअनुसार दुवै संस्थाबीच सेवाग्राही कर्जा, तलब खाता खोल्ने, प्रतितपत्र, निक्षेप लगायत अन्य बैंकिङ्ग कारोवार, विज्ञापन तथा सूचना प्रकाशनसम्बन्धी विषयमा सहकार्य हुनेछ । हस्ताक्षर समारोहमा गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष सुबेदीले नेपालको पहिलो र गर्विलो इतिहास बोकेको बैंकसँग सहकार्य गर्न पाउदा निकै गर्व को अनुभूति भइरहेको धारणा व्यक्त गरे । उनले आगामी दिनमा यो सम्बन्ध थप मजबुत हुँदै जाने विश्वास समेत व्यक्त गरे । नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत अधिकारीले नेपालका पुराना र जनताको विश्वासका धरोहर बनिसकेका यी दुई संस्थाबीच भएको सम्झौताले आफु अत्यन्त हर्षित बनेको धारणा राख्दै गोरखापत्रसंस्थान र त्यहाँं कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई सरल, सहज र प्रतिपस्पर्धि बैंकिङ्ग सेवा प्रदान गर्दै यो सम्बन्धलाइ आगामी दिनमा थप प्रगाढ बनाउदै लैजाने प्रतिबद्दता समेत उनले व्यक्त गरे । उक्त समारोहमा नेपाल बैंक लि. र गोरखापत्रसंस्थानका उच्च ब्यवस्थापनका पदाधिकारीहरु लगायत अन्य कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो ।

नेपालभर दुई सय १९ वटा शाखाहरु, एक सय ८६ वटा एटीएम साथै ४९ वटा एक्टेन्सन काउन्टरमार्फत करिब २१ लाख ग्राहकहरुलाई वित्तीय सेवा पु-याइरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ्गप्रविधि मार्फत बैकिङ्ग सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ । विगत केही वर्षयता बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा मुख्य जोड दिई युवा जनशक्ति मार्फत नेपाल राज्यभर बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । दक्ष व्यवस्थापन, युवा कर्मचारी र आधुनिक प्रविधीको समुचित प्रयोग भएसँगै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैक प्रतिको आकर्षण दिनप्रतिदिन बढ्दै गएको देखिन्छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया