Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबेष्ट फाइनान्सको १८औँ शाखा इटहरीमा

बेष्ट फाइनान्सको १८औँ शाखा इटहरीमा


काठमाडौं । काठमाडौंको कमलादीमा प्रधान कार्यालय रहेको बेष्टफाइनान्स कम्पनी लिमिटेडले सुनसरी जिल्लाको इटहरी चोकमा आफ्नो १८औँ शाखा सञ्चालनमा ल्याएको छ ।

इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष भीम बहादुर पौडेल तथा संस्थाका अध्यक्ष खिमलाल पौडेलले संयुक्त रूपमा उक्त शाखाको उद्घाटन गरी बैंकिङ कारोबार शुभारम्भ गरिएको फाइनान्सले बताएको छ । उद्घाटन कार्यक्रममा इटहरी क्षेत्रका प्रतिष्ठित ब्यापारी, ब्यवसायी, उद्योगी लगायत सामाजका अगुवा तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो ।

फाइनान्सले निकट भविष्यमा सुर्खेत र धनगढीमा समेत शाखा संजाल बिस्तार गरी सातै प्रदेशमा आफ्नो उपस्थिति हुने योजना रहेको जनाएको छ । साथै, आउदा दिनहरूमा देशका बिभिन्न स्थानहरूमा आवश्यकता र माग बमोजिम शाखा खोल्दै लगिने संस्थाको लक्ष्य रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया