Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमल्टीपर्पस फाइनान्सले हकप्रद सेयर निष्काशन गर्ने

मल्टीपर्पस फाइनान्सले हकप्रद सेयर निष्काशन गर्ने


काठमाडौं । मल्टीपर्पस फाइनान्सले हकप्रद सेयर निष्काशन गर्ने भएको छ ।

कम्पनीको यही असोज ३ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार हाल कायम रहेको चुक्ता पुँजी ४५ करोड २० लाख रुपैयाँको एकबराबर शून्य दशमलव ३५ प्रतिशतको अनुपातमा हकप्रद सेयर जारी गरी चुक्ता पुँजी वृद्धि गर्ने प्रस्ताव नेपाल राष्ट्र बैंकमा पेस गरिएको थियो ।

फाइनान्सको उक्त प्रस्तावमा राष्ट्र बैंकले सहमति जनाएसँगै फाइनान्सको लागि हकप्रद सेयर निष्काशन गर्ने बाटो खुला भएको हो । सोअनुसार कम्पनीले साधारणसभा र विशेष साधारणसभाबाट हकप्रद सेयर जारी गर्ने प्रस्ताव स्वीकृत गरी नेपाल धितोपत्र बोर्डको स्वीकृतिपश्चात् फाइनान्सले हकप्रद सेयर निष्काशन गर्नेछ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया