आईसीएफसी फाइनान्सको नाफा तीन करोड ३४ लाख
काठमाडौं । आईसीएफसी फाइनान्सले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा तीन करोड ३४ लाख ५८ हजार सात सय ६९ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने फाइनान्सको यस्तो नाफा चार करोड ७६ लाख ५२ हजार नौं सय २३ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी एक अर्ब १२ करोड ५१ लाख १५ हजार दुई सय रुपैयाँ रहेको फाइनान्सले चालू आवको पहिलो त्रैमासमा १८ अर्ब २५ करोड ९३ लाख ६४ हजार चार सय ६३ रुपैयाँ निक्षेप संकलन गरी १४ अर्ब १३ करोड २२ लाख ४२ हजार दुई सय १० रुपैयाँ कर्जा प्रवाह गरेका छन् । सो अवधिमा खुद ब्याज आम्दानी १४ करोड ८८ लाख ४९ हजार आठ सय चार रुपैयाँ रहेको फाइनान्समा एक दशमलव ३१ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा चार दशमलव ८९ प्रतिशत स्प्रेड दर रहेको फाइनान्सको वितरणयोग्य नाफा भने नौ करोड ४३ लाख ८३ हजार तीन सय १४ रुपैयाँ रहेको छ ।
गत आवको सोही अवधिमा भने फाइनान्सले १७ अर्ब ७१ करोड ९९ लाख ८४ हजार एक सय ८३ रुपैयाँ निक्षेप संकलन गरी १४ अर्ब ३० करोड ५४ लाख २४ हजार तीन सय ३३ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ११ करोड तीन लाख २८ हजार दुई सय ९८ रुपैयाँ रहेको फाइनान्समा निष्क्रिय कर्जाको अनुपात एक दशमलव ७८ प्रतिशत रहेको थियो भने स्प्रेड दर चार दशमलव ३५ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी
- पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने
- देशभर कक्षा १२ को परीक्षा शान्तिपूर्ण रूपमा हुँदै
- कांग्रेस नेता अफताब आलमलाई जन्मकैदको सजाय
- मुख्यमन्त्री कँडेललाई विश्वासको मत
- आगलागीबाट ७९ घर जले, एकको मृत्यु
- उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान
- डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृतमा डंगोल नियुक्त
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया