Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारधितोपत्र बोर्डले दियो, सनराइज फोकस्ड इक्विटी फन्डलाई स्वीकृति

धितोपत्र बोर्डले दियो, सनराइज फोकस्ड इक्विटी फन्डलाई स्वीकृति


काठमाडौं । नेपाल धितोपत्र बोर्डले सनराइज फोकस्ड इक्विटी फन्डलाई स्वीकृति प्रदान दिएको छ । सनराइज बैंक लिमिटेडद्वारा प्रवर्द्धन गरिएको तथा सनराइज क्यापिटल लिमिटेडद्वारा व्यवस्थापन गरिने सनराइज म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने सनराइज फोकस्ड इक्विटी फन्ड योजनालाई यही मंंसिर १९ गते नेपाल धितोपत्र बोर्डले स्विकृति प्रदान गरेको बोर्डले जानकारी दिएको छ ।

योजनाको आकार प्रतिइकाइ मूल्य १० रुपैयाँ दरको १२ करोड इकाइ गरी जम्मा एक अर्ब २० करोड रुपैयाँबराबरको ऋणपत्र स्वीकृत गरेको हो । यो एक बन्दमुखी सामूहिक लगानी कोष योजना हो । सनराइज क्यापिटल लिमिटेडले हाल सनराइज फर्स्ट म्युचुअल फन्ड तथा सनराइज ब्लूचिप फन्ड गरी दुईवटा बन्दमुखी सामूहिक लगानी कोष योजनाहरू सञ्चालन गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया