Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारआईएमई जनरल इन्स्योरेन्सको साधारणसभा

आईएमई जनरल इन्स्योरेन्सको साधारणसभा


काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स कम्पनीले वार्षिक साधारणसभाको आह्वान गरेको छ । कम्पनीले आगामी माघ ९ गते आफ्नो २५औँ वार्षिक साधारणसभाको आह्वान गरेको हो ।

वार्षिक साधारणसभामार्फत कम्पनीले हाल कायम रहेको चुक्ता पुँजी एक अर्ब ७० करोड १६ लाख ५१ हजार चार सय २० रूपैयाँमध्येबाट छ प्रतिशत बोनस सेयर र ५३ लाख ७३ हजार छ सय ३६ रूपैयाँबराबरको नगद लाभांश वितरण गर्ने तयारी गरेको छ । वार्षिक साधारणसभासम्बन्धी प्रयोजनको लागि कम्पनीको यही पुस २७ गतेदेखि माघ छ गतेसम्म सेयर दाखिला तथा खारेजी बन्द हुनेछ ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया