प्रभु बैंक र सेञ्चुरी बैंकद्वारा एकीकृत कारोबार शुभारम्भ
काठमाडौं । प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकले एकीकृत कारोबार शुभारम्भ गरेका छन् । प्रभु बैंकले सेञ्चुरीलाई प्राप्ति गरी मंगलबारदेखि प्रभु बैंक लिमिटेडको नाउँबाट एकीकृत कारोबारको शुभारम्भ गरेको हो । एकीकृत कारोबारको शुभारम्भ प्रतिनिधिसभा सदस्य समेत रहेका बैंकका पूर्वअध्यक्ष देवीप्रकाश भट्टचनले गरेको बैंकले जानकारी दिएको छ ।
एकीकृत कारोबारपश्चात् बनेको प्रभु बैंक सञ्चालक समितिको अध्यक्ष पदमा लिला प्रकाश सिटौला रहेका छन् भने बैंकको प्रमुख कार्यकारी अधिकृतको पदमा प्रभु बैंककै अशोक शेरचन रहेका छन् । एकीकृत कारोबारपश्चात् बैंकको चुक्ता २३ अर्ब रूपैयाँभन्दा बढी पुगेको छ । यसैगरी बैंकको कुल सम्पत्ति तीन खर्ब ४० अर्ब रूपैयाँभन्दा बढी पुगेको छ भने कुल निक्षेप दुई खर्ब ८४ अर्ब रूपैयाँभन्दा बढी पुगेको छ ।
यसैगरी बैंकको कुल कर्जा रकम भने दुई खर्ब ५३ अर्ब रूपैयाँभन्दा बढी पुगेको छ । कुल ग्राहकसंख्या ३० लाखभन्दा बढी रहेको बैंकको एकीकृत कारोबारपश्चात् सबै क्षेत्रमा गरी तीन सय ६५ वटा शाखा, तीन सय नौवटा एटीएम काउन्टर र ७२ वटा एक्सटेन्सन काउन्टर पुगेको छ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- सिटिजन्स बैंकको प्रमुख कार्यकारीमा पोखरेलको निरन्तरता
- ‘घर बीमालाई अनिवार्य गरौँ’
- बिम्स्टेक राष्ट्रमा साझा सडक सञ्जाल बनाउन चेम्बरको प्रस्ताव
- ‘उच्च ब्याजदरले समग्र मागमा उच्च संकुचन, उद्योगी व्यवसायीको मनोबल घट्यो’
- अस्ट्रेलियाले नयाँ नोटमा बेलायती राजपरिवारको तस्बिर नछाप्ने
- चीन घेर्दै अमेरिका
- बैंकिङ कसुर मुद्दाका चार जना फरार प्रतिवादीहरू विभिन्न स्थानबाट पक्राउ
- ७० प्रतिशतसम्मको छुटसहित बिजबजारको माघ महिनाको ‘२० मा बीज’
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
तपाईको प्रतिक्रिया