सुपरमोदी हाइड्रोपावर कम्पनीको साधारण सेयरको बिक्री खुला
काठमाडौं । सुपरमोदी हाइड्रोपावर कम्पनीले १७ करोड ४३ लाख रुपैयाँबराबरको साधारण सेयरको बिक्री खुला गरेको छ । कम्पनीले यही माघ नौ गते अर्थात् आज सोमबारबाट हाल एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी १७ लाख ४३ हजार कित्ता साधारण सेयरको बिक्री खुला गरेको हो ।
कम्पनीले जारी पुँजी दुई अर्ब १० करोड रुपैयाँमध्येबाट १० प्रतिशतको अनुपातमा २१ करोड रुपैयाँबराबरको २१ लाख कित्ता सेयर सर्वसाधारणको लागि छुट्याएको थियो । सोमध्ये पाँच प्रतिशतले हुनआउने एक लाख पाँच हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेकाहरूलाई बाँडफाँट गरिएको र दुई प्रतिशत अर्थात् ४२ हजार कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरूलाई बाँडफाँट गरिएको छ । त्यसपछि बाँकी रहेको १७ लाख ४३ हजार कित्ता सेयर भने सर्वसाधारणको लागि खुला गरिएको कम्पनीको भनाइ छ ।
खरिदकर्ताहरूले न्यूनतम १० देखि अधिकतम ५० हजार कित्तासम्मको सेयर खरिदको लागि आवेदन दिन सक्ने कम्पनीले जानकारी दिएको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको कम्पनीको सेयर बिक्रीकार्य छिटोमा यही माघ १२ गते र ढिलोमा यही माघ २३ गते बन्द हुनेछ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- अन्ततः २१ सय ९४ बिन्दुमा खुम्चियो सेयर बजार
- नबिल बैंकका ग्राहकलाई शाओमी ब्रान्डका सामानको ईएमआई सुविधा
- रिलायन्स लाइफ इन्स्योरेन्स र सन्चो हस्पिटलबीच सम्झौता
- स्टान्डर्ड चार्टर्ड बैंकले दुई अर्ब ४० करोड रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने
- विकासको नयाँ ढाँचा स्थापनामा चिनियाँ राष्ट्रपतिको जोड
- नेत्रज्योति संघलाई जापानले स्वास्थ्य उपकरण दियो
- म्याद सकियो, सकिएन कालोपत्र
- दोलखाको नाम्दुमा नामखालिङ् गुम्बा निर्माण
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया