आत्मनिर्भर लघुवित्तले साधारण सेयरको बिक्री खुला गर्ने
काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले दुई करोड तीन लाख ३८ हजार रुपैयाँबराबरको साधारण सेयरको बिक्री खुला गर्ने भएको छ । संस्थाका अनुसार एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी हाल कायम रहेको जारी पँुजी छ करोड २३ लाख ३८ हजार रुपैयाँमध्येबाट ३२ दशमलव ६२ प्रतिशतले हुन आउने दुई लाख तीन हजार तीन सय ८० कित्ता साधारण सेयरको बिक्री खुला गर्न लागिएको हो ।
यसरी बिक्री गर्न लागिएको कुल सेयरमध्येमा १० प्रतिशत अर्थात् २० हजार तीन सय ३८ कित्ता सेयर वैदेशिक रोजगारीका क्रममा रहेकाहरूलाई छुट्याइएको छ । त्यो समूहको लागि भने यही माघ १६ गतेबाट साधारण सेयरको बिक्री खुला भई फागुन १ गतेबाट बिक्री कार्य बन्द हुनेछ । यीबाहेक बिक्रीको लागि छुट्याइको कुल सेयरमध्येमा एक दशमलव ५३ प्रतिशत अर्थात् तीन हजार एक सय १७ कित्ता सेयर भने संस्थामा कार्यरत कर्मचारीहरूको लागि छुट्याइको छ भने पाँच प्रतिशत अर्थात् १० हजार एक सय ७० कित्ता सेयर सामूहिक लगानी कोषको लागि छु्ट्याइएको छ । यसबाहेक बाँकी रहेको एक लाख ६९ हजार सात सय ५५ कित्ता सेयर भने सर्वसाधारणको लागि छट्याइएको छ । यो सेयर खरिद गर्नको लागि सर्वसाधारणहरूले यही फागुन ११ गते देखि फागुन १५ गतेसम्म आवेदन दिन सक्नेछन् । ढिलोमा यही फागुन १५ गते बिक्री कार्य बन्द हुने संस्थाको सेयर निष्काशन एवं बिक्री प्रबन्धकको रूपमा भने सनराइज क्यापिटल लिमिटेड रहेको छ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- सेयर बजारमा तीव्र उतारचढाव
- अपि पावरले पायो ४० प्रतिशत हकप्रद निष्काशन गर्न सहमति
- एसियन हाइड्रोपावर कम्पनीले साधारण सेयर निष्काशन गर्ने
- रिलायन्स लाइफको पुनर्जागरण अभियान
- दुई हजार कर्मचारी कटौती गर्दै बोइङ
- पर्यटन संसदीय समिति गठन गर्न सभामुखलाई परिसंघको आग्रह
- कृषिमा अब कहिल्यै त्यस्तो नहोस्
- धार्मिक पर्यटन प्रवर्द्धनमा देवघाटको महत्व
धेरैले पढेको
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया