नारायणी डेभलपमेन्ट बैंक खुद नोक्सानीमा
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा एक करोड ६६ लाख २९ हजार दुई सय ३१ रूपैयाँ खुद नोक्सानी बेहोरेको छ । गत आवको सोही अवधिमा भने बैंकको यस्तो नोक्सानी ५९ लाख ९८ हजार आठ सय ७६ रूपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी २६ करोड २४ लाख ६७ हजार छ सय रूपैयाँ रहेको बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा ५९ करोड ६७ लाख नौ हजार आठ सय ६० रूपैयाँ निक्षेप संकलन गरी ५३ करोड ११ लाख ९९ हजार दुई सय ८२ रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक करोड १५ लाख ७४ हजार सात सय ६६ रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा दुई दशमलव ८३ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेड दर चार दशमलव १७ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले ३३ करोड ६६ लाख ७२ हजार दुई सय ८८ रूपैयाँ निक्षेप संकलन गरी ३४ करोड २० लाख ३७ हजार आठ सय ५३ रूपैयाँ कर्जा प्रवाह गरेको थियो । जसबाट १६ लाख ८६ हजार छ सय ७९ रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा चार दशमलव ६० प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर तीन दशमलव ८८ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- सेयर बजारमा तीव्र उतारचढाव
- अपि पावरले पायो ४० प्रतिशत हकप्रद निष्काशन गर्न सहमति
- एसियन हाइड्रोपावर कम्पनीले साधारण सेयर निष्काशन गर्ने
- रिलायन्स लाइफको पुनर्जागरण अभियान
- दुई हजार कर्मचारी कटौती गर्दै बोइङ
- पर्यटन संसदीय समिति गठन गर्न सभामुखलाई परिसंघको आग्रह
- कृषिमा अब कहिल्यै त्यस्तो नहोस्
- धार्मिक पर्यटन प्रवर्द्धनमा देवघाटको महत्व
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया