Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल इन्भेस्टमेन्ट मेगा बैंकको फिनपोसमा नेपाल–पे ट्याप गर्न सकिने

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको फिनपोसमा नेपाल–पे ट्याप गर्न सकिने


काठमाडौँ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले एनसीएचएल तथा सिटीटेकसँगको सहकार्यमा फिनपोसबाट नेपाल–पे ट्याप र नेपाल–पे क्यूआर सेवाको थालनी गरेको छ । ग्राहकहरूले अब मर्चेन्ट प्वाइन्टहरूको फिनपोस डिभाइसहरूमा आफ्नो एनएफसी उपलब्ध रहेको स्मार्टफोन ट्याप गरी भुक्तानी गर्न सक्नेछन् ।

अब इन्टरनेटविना पनि ग्राहकले नेपाल–पे ट्यापमार्फत सजिलै भुक्तानी गर्न सक्नेछन् । त्यसैगरी डायनामिक नेपाल–पेलाई पनि एनआईएमबीले आफ्नो फिनपोसमा सुचारु गरेको छ । उक्त फिनपोसमा उपलब्ध क्यूआर भुक्तानीको लागि कुनै पनि मोबाइल बैंकिङ, वालेट वा कनेक्ट आईपीएस प्रयोग गर्न सकिन्छ । एनआईएमबीले सुरुवात गरेको पोस डिभाइसमा क्यूआर र एनएफसीमार्फत गरिने भुक्तानी सेवा नेपालमै पहिलो हो ।

नेपाल–पे ट्याप, एनएफसी प्रविधिमा आधारित छ जसले दुईवटा डिभाइसहरूबीचको निकटताको आधारमा सुरक्षित भुक्तानी कारोबार गर्दछ । यो पीटुपी र पीटुएम भुक्तानीहरूको लागि कन्ट्क्याटलेस भुक्तानीको माध्यम हो । ग्राहकलाई एनएफसीसम्बन्धी भुक्तानीको लागि आफ्नो फोनमा इन्टरनेटको आवश्यकता पर्दैन । यससँगै अब ग्राहकले पोसबाट भुक्तानी गर्दा कार्डको प्रयोगविना नै आफ्नो फोन फिनपोसमा ट्याप गरी भुक्तानी गर्न सक्नेछन् ।

हाल यो सेवा कनेक्ट आईपीएस मोबाइल एपमार्फत उपलब्ध रहेको छ । यो सुविधा प्रयोग गर्न भुक्तानीकर्ताको मोबाइलमा एनएफसी भएको हुनुपर्दछ । हाल नेपाल–पे ट्यापको कारोबार सीमाप्रति कारोबार पाँच हजार रुपैयाँसम्म रहेको छ र यसलाई ग्राहक आफैँले पनि निर्धारण गर्न सक्दछन् ।

सिटीटेकले विभिन्न बैंकका लागि अल इन वन मेसिनको रूपमा फिनपोस उपलब्ध गराउँदै आएको छ । मर्चेन्टहरूका लागि पनि सुरक्षित र सहज हुनुका साथै एकै उपकरणमार्फत विभिन्न भुक्तानी माध्यमबाट भएका कारोबारहरूको जानकारी सजिलै प्राप्त गर्न सकिन्छ । नेपाल–पे ट्याप र नेपाल–पे क्यूआर सेवा थपिएपछि बैंकले आफ्ना मर्चेन्टहरूलाई भुक्तानी प्राप्त गर्न थप विकल्प प्रदान गरेको छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक हाल डिजिटल भुक्तानीलाई थप प्रवद्र्धन गर्न निकै सक्रियरूपमा लागिरहेको अग्रणी बैंक हो भने बैंकले आफ्ना धेरैजसो सेवाहरू डिजिटल माध्यमबाट नै प्रदान गर्दै आएको छ । बैंकको देशभरि नौ लाख मोबाइल बैंकिङ प्रयोगकर्ता, सात लाख कार्ड प्रयोगकर्ता, चार हजारभन्दा बढी पोस तथा दुई सय ७८ वटा एटीएम रहेका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया