अभियान लघुवित्तको नाफा एक करोड ५४ लाख
काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा एक करोड ५४ लाख ८४ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा एक करोड ३८ लाख ९२ हजार रूपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी २५ करोड रूपैयाँ रहेको संस्थाले चालू आवको दोस्रो त्रैमासिक अवधिमा ३० करोड २१ लाख ८३ हजार रूपैयाँ निक्षेप संकलन गरी दुई अर्ब सात करोड ६२ लाख ७१ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा चार करोड ४० लाख ५८ हजार एक सय ८० रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा तीन दशमलव ५३ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले २४ करोड ६२ लाख ९४ हजार रूपैयाँ निक्षेप संकलन गरी एक अर्ब ९९ करोड ९० लाख २८ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा पाँच करोड ४३ लाख ८९ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा दुई दशमलव ७३ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- महिला लघुवित्तको तालिम
- आत्मनिर्भर अर्थतन्त्रमा नागरिक समुन्नति
- सन्दर्भ पार्टी परित्याग : सम्बन्धित सबैको होस खोल्ने नै छ
- महालेखाको प्राविधिक परीक्षण स्वागतयोग्य
- इको प्यानलद्वारा मजदुरको स्वास्थ्य परीक्षण
- ‘समिट वुमन अफ द इयर’ सम्पन्न
- फाप्लुको जंगलबीचमा बनेको वृद्धाश्रमको भवन अलपत्र
- पर्यटन प्रवर्द्धनको लागि हनुमन्ते डाँडामा मेला
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
तपाईको प्रतिक्रिया