Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारडिप्रोक्स लघुवित्तको वार्षिक साधारणसभा

डिप्रोक्स लघुवित्तको वार्षिक साधारणसभा


काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभाको आह्वान गरेको छ । संस्थाले यही फागुन ३० गते आफ्नो २१औँ वार्षिक साधारणसभाको आह्वान गरेको हो ।

चितवनको होटल सेभेन स्टारमा हुने वार्षिक साधारणसभामार्फत संस्थाले हाल कायम रहेको चुक्ता पुँजीको ११ दशमलव शून्य पाँच प्रतिशतको अनुपातमा १५ करोड ३३ लाख ५५ हजार ८४ रुपैयाँबराबरको नगद लाभांश र चुक्ता पुँजीको १० प्रतिशतको अनुपातमा १३ करोड ८७ लाख ४९ हजार आठ सय ३३ रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ । बोनस सेयर वितरणपश्चात् संस्थाको जारी तथा चुक्ता पुँजी एक अर्ब ५२ करोड ६२ लाख ४८ हजार एक सय ६६ रुपैयाँ पुग्नेछ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 7

तपाईको प्रतिक्रिया