Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसांग्रिला डेभलपमेन्ट बैंकको १८औँ वार्षिक साधारणसभा

सांग्रिला डेभलपमेन्ट बैंकको १८औँ वार्षिक साधारणसभा


काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले वार्षिक साधारणसभाको आह्वान गरेको छ । बैंकको यही फागुन १५ गते बसेको सञ्चालक समितिको तीन सय नवौँ बैठकले यही चैत्र १७ गते आफ्नो १८औँ वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो ।

वार्षिक साधारणसभामार्फत बैंकले हाल कायम रहेको चुक्ता पुँजी तीन अर्ब एक करोड छ लाख ६९ हजार छ सय ६२ रुपैयाँमध्येबाट आठ दशमलव ५३ प्रतिशतले हुनआउने २५ करोड ६९ लाख २२ हजार ५४ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनको लागि शून्य दशमलव ४४ प्रतिशतका दरले हुनआउने एक करोड ३५ लाख २२ हजार दुई सय १३ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ । बोनस सेयर वितरण गरेपछि भने बैंकको चुक्ता पुँजी तीन अर्ब २६ करोड ७५ लाख ११ हजार सात सय १६ रुपैयाँ पुग्नेछ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 7

तपाईको प्रतिक्रिया