Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमानुषी लघुवित्त र श्रृजनशील लघुवित्तबीच मर्जर सम्झौता

मानुषी लघुवित्त र श्रृजनशील लघुवित्तबीच मर्जर सम्झौता


काठमाडौं । मानुषी लघुवित्त र श्रृजनशील लघुवित्तबीच मर्जर हुने भएको छ । बिहीबार एक कार्यक्रम गरी दुई संस्था एक–आपसमा गाभ्ने/गाभिनेसम्बन्धी प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर गरिएको संस्थाले जानकारी दिएको छ । समझदारीपत्रमा मानुषी लघुवित्तका तर्फबाट सञ्चालक समिति अध्यक्ष पद्माशना शाक्य तथा श्रृजनशील लघुवित्तका तर्फबाट सञ्चालक समिति अध्यक्ष राजकुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको मानुषी लघुवित्त र सिरहाको गोलबजारमा केन्द्रीय कार्यालय रहेको श्रृजनशील लघुवित्त दुवै संस्था नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजतपत्रप्राप्त राष्ट्रियस्तरका संस्था हुन् । समान चुक्ता पुँजी रहेका दुवै संस्थाले सर्वसाधारणमा सेयर जारी गरिसकेका छन् भने नेपाल स्टक एक्सचेन्जमा कारोबार समेत भइसकेको छ । मर्जरपछि संस्थाको नाम मानुषी श्रृजनशील लघुवित्त वित्तीय संस्था रहने गरी प्रस्ताव गरिएको छ ।

कार्यक्रममा मर्जर प्रक्रियाका लागि दुवै संस्थाबाट तीन/तीन जना प्रतिनिधि रहने गरी संयुक्त मर्जर समिति गठन गरिने जानकारी दिइएको थियो । साथै मर्जर प्रक्रिया यसै आर्थिक वर्षभित्र सक्ने लक्ष्य रहेको बताइएको थियो । यस आवको दोस्रो त्रैमाससम्ममा श्रृजनशील लघुवित्तले देशभर ३३ वटा शाखामार्फत ४१ हजार नौ सय ४८ परिवारमा सेवा प्रदान गर्दै आएको छ भने मानुषी लघुवित्तले १४ जिल्लामा ३६ वटा शाखामार्फत ३४ हजार तीन सय ८७ सदस्यहरूलाई सेवा प्रदान गर्दै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया