Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारडेभलपमेन्ट बैंकर्स एसोसिएसनको अध्यक्षमा श्रेष्ठ

डेभलपमेन्ट बैंकर्स एसोसिएसनको अध्यक्षमा श्रेष्ठ


काठमाडौं । डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालको अध्यक्षमा सांग्रीला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठलगायत अन्य पदाधिकारीहरू सर्वसम्मतिबाट निर्वाचित भएका छन् । एसोसियसनको यही चैत ३ गते शुक्रबारको दिन चितवनमा सम्पन्न १७औँ वार्षिक साधारणसभाले अध्यक्ष पदमा सुयोग श्रेष्ठ (प्रमुख कार्यकारी अधिकृत, सांग्रिला डेभलपमेन्ट बैंक), उपाध्यक्षमा बोधराज देवकोटा (प्रमुख कार्यकारी अधिकृत, महालक्ष्मी विकास बैंक), सचिवमा राम कुमार गिरी (प्रमुख कार्यकारी अधिकृत, सिन्धु विकास बैंक), कोषाध्यक्षमा नरेश सिंह बोहरा (प्रमुख कार्यकारी अधिकृत, लुम्बिनी विकास बैंक) र सदस्यहरूमा प्रकाश पौडेल (प्रमुख कार्यकारी अधिकृत, साइन रेसुंगा डेभलपमेन्ट बैंक), श्रीचन्द्र भट्ट (प्रमुख कार्यकारी अधिकृत, ज्योति विकास बैंक) र डा. इन्द्र कट्टेल (प्रमुख कार्यकारी अधिकृत एक्सल डेभलपमेन्ट बैंक) नियुक्त भएका हुन् ।

नवनियुक्त कार्य समितिका पदाधिकारीहरूको शपथग्रहण समेत सम्पन्न भइसकेको छ । एसोसियसनको १७औँ वार्षिक साधारणसभाले आव २०७८/०७९ को लेखापरीक्षण प्रतिवेदन, अध्यक्षको प्रतिवेदन, आव २०७९/०८० को अनुमानित आयव्यय र लेखापरीक्षक नियुक्तिलगायतका प्रस्तावहरू सर्वसम्मतिले पारित गरेको छ । अध्यक्ष प्रद्युमन पोखरेलले कोभिड १९, रुस युक्रेन युद्घ, बढ्दो मुद्रास्फीतिलगायतका कारणले अहिले बैंकिङ क्षेत्रलाई निकै नै अप्ठ्यारो अबस्थाबाट गुज्रिरहेको बताए । तथापि, सबै सदस्य बैंकहरूलाई जोखिम व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन र ग्राहक सेवालाई अझ चुस्त बनाउन अनुरोध गरे । आफ्नो कार्यकालमा सहयोग पु-याएकोमा सम्बद्ध सबैलाई हार्दिक धन्यवाद पनि ज्ञापन गरे ।

नवनिर्वाचित अध्यक्ष श्रेष्ठले आफूलाई अध्यक्ष पदमा निर्वाचित गरेकोमा धन्यवाद ज्ञापन गर्दै सबैको सहयोगबाट विकास बैंकहरूको हक र हितका लागि कार्य गर्न लागि पर्ने प्रतिबद्धता जनाए । आजका विकास बैंकहरू व्यसायका दृष्टिकोणबाट हिजोका वाणिज्य बैंकहरूजस्तै हुन् । ९० वटा विकास बैंक घटेर १७ मा आइपुग्दा पनि बजार हिस्साका हिसाबले पहिलेजति नै कायम राख्नसक्नु आजका विकास बैंकहरूको उपलब्धि हो । त्यसैले अझ राम्रो गर्नका लागि सँगै सहकार्य गरौँ भन्दै उनले सबै प्रमुख कार्यकारी अधिकृतहरूलाई अनुरोध गरे । अप्ठ्यारो अवस्थामा पनि एसोसियसनलाई सफलतापूर्वक नेतृत्व प्रदान गरेकोमा निर्वतमान अध्यक्ष प्रद्युमन पोखरेललाई नवनिर्वाचित अध्यक्षले धन्यवाद दिए ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया