Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमेगा बैंकका ग्राहकहरुलाई विशेष छुटका साथ घरमै नर्सिङ सेवा

मेगा बैंकका ग्राहकहरुलाई विशेष छुटका साथ घरमै नर्सिङ सेवा


काठमाडौं, चैत ९
मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुलाई सुलभ हेल्थ होमले विशेष छुटका साथ घरमै नर्सिङ सेवा दिने भएको छ । मेगा बैंकसँग भएको सम्झौताअनुसार, सुलभ हेल्थ होमले विशेष छुट र सुविधासहित घरघरमै नर्सिङ सेवा प्रदान गर्ने सहमति भएको हो । सम्झौतामा बैंककी नायब महाप्रबन्धक रविना देशराज श्रेष्ठ र सुलभ हेल्थका निर्देशक साइरा श्रेष्ठले हस्ताक्षर गरेकी हुन् ।

सम्झौताअनुसार, मेगा बैंकका डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरुले चाहेमा सुलभ हेल्थ होमले घरमै नर्सिङ सेवा दिने र स्वास्थ्य सुविधाहरुमा १५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । सुलभ हेल्थ होमले वृद्धवृद्धा र बिरामीलाई घरघरमै स्वास्थ्य तथा नर्सिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंक अफ दि इयर २०१९ बाट सम्मानित भइसकेको मेगा बैंकले ग्राहकहरुलाई स्तरीय स्वास्थ्य सेवा र छुट दिने उद्देश्यले विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थासँग सम्झौता गरिसकेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया