आईएमई लाइफ इन्स्योरेन्सको छैटौँ वार्षिक साधारणसभा
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको छैटौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले सोमबार कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालको सभापतित्वमा काठमाडौंमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो । सभामार्फत कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को सञ्चालक समितिको प्रतिवेदनसहित वित्तीय विवरणहरू पारित गरेको छ ।
लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७८/०७९ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र तत्सम्बन्धित अनुसूची तथा एनएफआरएस प्रणाली लागू गरी तयार गरिएको वित्तीय विवरणमाथि छलफल गर्ने, संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख गर्ने निकायबाट कुनै फेरवदलको निर्देशन प्राप्त भएमा सोहीअनुसार फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी दिन स्वीकृत गर्ने, सर्वसाधारणलाई छुट्याइएको सेयर जारी गर्ने कार्यको सम्बन्धमा नियमनकारी निकायहरूबाट प्राप्त निर्देशन कार्यान्वयन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, कम्पनीको सञ्चालक समितिमा स्वतन्त्र सञ्चालक नियुक्तिसम्बन्धी प्रस्तावहरूउपर छलफल गरी सो प्रस्तावहरू सर्वसहमतिबाट पारित भएको छ ।
सभामा सभापति डा. अर्यालले आव २०७९–०८० को पुष मसान्तसम्मको अपरिस्कृत विवरणअनुसार बीमाकोष २२ दशमलव ३१ प्रतिशतले वृद्धि भई पाँच अर्ब ४७ करोड ९४ लाख पुगेको जानकारी दिए । उक्त अवसरमा डा. अर्यालले कम्पनिका अगाडि भएका चुनौतीहरूका बारेमा पनि बताए । साथै उनले सर्वसाधारणका निमित्त सेयर जारी गर्न भइरहेको आन्तरिक तयारी पनि अन्तिम अवस्थामा रहेको भन्दै जीवन बीमा कम्पनिहरू माझ अब्बल कम्पनीका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उक्त अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले कम्पनीको प्रभावकारी आन्तरिक नियन्त्रण प्रणाली, सुशासन, मानव संसाधनको विकास एवं ग्राहक सेवा प्रति निरन्तर प्रतिबद्ध रहने कुरा बताए । सभाको अन्तमा सभाका अध्यक्षले कम्पनीकोे उन्नति र प्रगतिमा निरन्तर अमूल्य सुझाव र सहयोग गर्ने सेयरधनीहरू, नियामक निकायहरू, समस्त बीमितहरू, बैंक तथा वित्तीय संस्थाहरू, पुनर्बीमा कम्पनी, कर्मचारीहरू, अभिकर्ताहरू तथा सम्पूर्ण शुभेच्छुकहरू प्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दै सभा बिसर्जन गरेका थिए ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10
ताजा अपडेट
- भारतीय दूतावास अगाडि युवा संगठनको विरोध प्रदर्शन
- नक्कली ‘वर्क पर्मिट’ बनाएर ठगी गर्ने गिरोहसँग सावधान
- पाँच वर्षमा हुने संसारीमाईको सप्ताहव्यापी महापूजा सुरु
- देउवाले गरेका पार्टी हित विपरीतका निर्णय सहेर नबस्ने : गगन थापा
- सुनकोशी नदीमा बेपत्ता तीनको पहिचान खुल्यो
- नेकपा एमालेको सचिवालय बैठक सुरु
- सुनकोशी नदीमा जीप खस्दा तीन जना बेपत्ता
- टोखामा ‘मिनी हाइपर मार्ट’ सञ्चालन
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया