नेपाल लाइफद्वारा २०८० सालको क्यालेन्डर सार्वजनिक
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २०८० सालको क्यालेन्डर सार्वजनिक गरेको छ । बिहीबार केन्द्रीय कार्यालय कमलादीमा आयोजित एक समारोहका बीच क्यालेन्डर सार्वजनिक गरिएको इन्स्योरेन्सले जनाएको छ ।
इन्स्योरेन्सले बिदाको सूची, पर्व, दिवस, पञ्चाङ्ग तिथि, तारिख समावेश गरी क्यालेन्डर तयार गरेको छ । सोही क्यालेन्डर कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाल, नेसनल सेल्स हेड उमापति पोखरेल, प्रमुख सञ्चालन अधिकृत ओम प्रकाश पुडासैनी र प्रमुख वित्त अधिकृत प्रेम प्रसाद रेग्मीले संयुक्तरूपमा अनावरण गरेका हुन् ।
इन्स्योरेन्सले २०७९ पुस मसान्तसम्म कुल एक खर्ब ५६ अर्ब ४४ करोड रुपैयाँ लगानी गरेको छ । यस्तै जीवन बीमाकोषमा एक खर्ब ५० अर्ब ८५ करोड रुपैयाँ र सेयरधनीकोषमा नौ अर्ब ५२ करोड रुपैयाँभन्दा बढी रकम रहेको जनाएको छ । कम्पनीले देशभर आठवटा प्रादेशिक कार्यालय र एक सय ८४ वटा शाखा तथा उपशाखामार्फत जीवन बीमा सेवा उपलब्ध गराइरहेको छ । यसका साथसाथै कम्पनीले हालसम्म एक खर्ब ९७ अर्ब १८ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको जनाएको छ । कम्पनीले २१ वटा बीमा योजनाअन्तर्गत ३१ लाख १५ हजार चार सय २० बीमालेख जारी गरिएको छ । कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरू उपलब्ध गराउँदै जाने बताएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- तनाव कम गर्न चीनसँग वार्ता आवश्यक : अमेरिका
- ट्विटरको ट्रस्ट एन्ड सेफ्टी प्रमुखले दिइन् राजीनामा
- राष्ट्रियसभामा शोक प्रस्ताव पारित
- विभिन्न देशका लागि राष्ट्रपतिद्वारा राजदूत नियुक्त
- राष्ट्र विरोधी अपराधमा संलग्न व्यक्तिलाई कारबाही गर्नुपर्छ : महेश बर्तौला
- नेपालको समग्र हितको रक्षापछि मात्र संसदको गतिरोध अन्त्य हुन्छ : ओली
- रियलमीद्वारा नार्जो एन–५३ र नार्जो एन–५५ सार्वजनिक
- ‘भिभो ५जी टक’ कार्यक्रम
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया