Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनएलजी इन्स्योरेन्सको लाभांश पारित

एनएलजी इन्स्योरेन्सको लाभांश पारित


काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रस्ताव गरेको लाभांश साधारणसभाबाट पारित भएको छ । इन्स्योरेन्सको सोमबार काठमाडौंमा बसेको वार्षिक साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश पारित गरेको हो ।

इन्स्योरेन्सको सञ्चालक समितिले चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनका लागि शून्य दशमलव ५२६३१५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

यस्तै कम्पनीको अधिकृत पुँजी एक अर्ब ५० करोड रुपैयाँबाट वृद्धि गरी तीन अर्ब पु-याउने विशेष प्रस्ताव पनि पारित गरेको छ ।

साधारणसभाले वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षकको प्रतिवेदनसहितको लेखापरीक्षण गरिएको वासलात, नाफा—नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरूलगायत अन्य विषयसूचीहरूउपर छलफल भई पारित गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

ताजा अपडेट