Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसनराइज बैंकद्वारा नेपाल प्रहरीलाई ६५ थान पीपीई हस्तान्तरण

सनराइज बैंकद्वारा नेपाल प्रहरीलाई ६५ थान पीपीई हस्तान्तरण


काठमाण्डौँ,चैत १६
सनराइज बैंकले ६५ थान पीपीई नेपाल प्रहरीलाई हस्तान्तरण गरेको छ । प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित एक कार्यक्रमबीच उक्त सामग्री हस्तान्तरण गरिएको बैंकले जानकारी दिएको छ । सो अवसरमा सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीलाई उक्त पीपीई हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत पौडेलले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको नियन्त्रणको लागि नेपाल प्रहरीले आफ्नो जिउ ज्यान जोखिममा राखेर निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनहरूमा समेत नेपाल प्रहरीलाई सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गरे ।

नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना भाइरसको सम्भावित जोखिमबाट बचेर जोखिममा अहोरात्र खटिने प्रहरी कर्मचारी र सर्वसाधारणहरूमा संक्रमण भएको खण्डमा बचाउने उद्देश्यले उक्त पीपीई हस्तान्तरण गरिएको उक्त अवसरमा जानकारी दिइयो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृतहरू तथा सनराइज बैंकका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया