पोखरा । कास्कीको हेम्जामा केन्द्रीय कार्यालय रहेको एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडको १०औँ वार्षिक साधारणसभाले १० प्रतिशत बोनस सेयर वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव स्वीकृत गरेको छ । गत शुक्रबार पोखरामा सम्पन साधारणसभाले चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनका लागि शून्य दशमलव ५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव स्वीकृत गरेको हो ।
यस्तै सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष सञ्जिव सुब्बाले पेस गरेको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गरिएको छ । सभाले अन्य लघुवित्तसँग गाभ्ने/गाभिने वा प्राप्तिसम्बन्धी प्रक्रिया अगाडि बढाउन उपयुक्त देखिएमा सो प्रयोजनका लागि समिति गठन गरी, मूल्यांकनकर्ताको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने गाभ्ने/गाभिने वा प्राप्तिसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नेलगायतका सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव समेत पारित भएको कम्पनी सचिव सूर्य थापाले जनाएका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
- समसामयिक राजनीतिक व्यङ्ग्य
- विपन्न गर्भवतीलाई निःशुल्क अल्ट्रासाउण्ड
- दश प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन
- राष्ट्रिय योजना आयोगले पायो पूर्णता
- पाकिस्तानको मुद्रास्फीति दरमा नयाँ रेकर्ड
- अन्तत : ५३ बिन्दुले उक्लियो सेयर बजार
- तनाव कम गर्न चीनसँग वार्ता आवश्यक : अमेरिका
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया