सनराइज बैंकको थप दुई शाखारहित बैंकिङ सेवा
काठमाडौं । सनराइज बैंक लिमिटेडले थप दुई शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ । बैंकिङ पहुँच नपुगेका देशका विभिन्न स्थानमा अत्याधुनिक बैंकिङ सुविधा पु-याउने उद्देश्यले शाखारहित बैंकिङ सेवा विस्तार गर्दै आएको बैंकले जनाएको छ ।
बैंकले वैशाख १५ गते सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका वडा नं.७ कलुवापुरर डडेल्धुरा जिल्लाको अजयमेरू गाउँपालिका वडा नं. ५ देवलदिव्यपुरमा शाखारहित बैंकिङ सेवा सुरु गरेको हो । यससँगै बैंकको कुल साहारहित बैंकिङ सेवा संख्या एक सय दुई पुगेको छ ।
सेवा सञ्चालनका लागि कृष्णपुरका करम सिंह राना र देवलदिव्यपुरका नरेश भट्टलाई व्यावसायिक प्रतिनिधिका रूपमा नियुक्त गरेको बैंकले जनाएको छ । यी दुई शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरणलगायत बैंकले प्रदान गर्ने अन्य सेवा उपलब्ध हुनेछन् ।
बैंकले देशभर एक सय ३९ शाखा कार्यालय, १३ एक्सटेन्सन काउन्टर, एक सय ६२ एटीएम, एक सय दुई शाखारहित बैंकिङ सेवामार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट प्रस्तुत (पूर्ण पाठ)
- विदेशी लगानीकर्ताको सहभागितामा पूर्वाधार फण्ड स्थापना गरिने
- कृषिमा दर्जनौँ नयाँ कार्यक्रम
- पशुपन्छीको महामारी नियन्त्रणका लागि भ्याक्सिन उत्पादन गरिने
- गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने
- स्थानीय तह र प्रदेशलाई समानीकरण अनुदान एक खर्ब ४६ अर्ब र सःशर्त अनुदान दुई खर्ब २७ अर्ब
- अर्थतन्त्रलाई गतिशील र फराकिलो बनाइनेछ : अर्थमन्त्री डा. महत
- प्रोत्साहन भत्ता र अतिरिक्त भत्ता खारेज
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया