कारागारमा रहेका इच्छाराजलाई ऋण तिर्न प्रभु बैंकको ताकेता
काठमाडौं । प्रभु बैंकले कारागारमा रहेका तत्कालीन सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङलाई कर्जा चुक्ता गर्न सूचना जारी गरेको छ । तामाङले प्रभु बैंकमा गाभिएको तत्कालीन सेञ्चुरी कमर्सियल बैंकबाट आफ्नो नाममा रहेको कम्पनी कोट्से भैरव हाउजिङ एन्ड डेभलपर्स प्रालि र सिभिल फर्निचर एन्ड ट्रेडिङ कम्पनी प्रालिको नाममा करोडौँ ऋण लिएका थिए ।
सिभिल कम्प्लेक्स कालिमाटीमा रजिस्टर्ड कार्यालय रहेको कम्पनीको सञ्चालक तामाङ र उनका व्यावसायिक साझेदार केशवलाल श्रेष्ठ रहेका छन् । यो समूहले कोट्से हाउजिङ र सिभिल फर्निचरको नाउँमा करोडौँ रुपैयाँ कर्जा लिएर नतिरेपछि प्रभु बैंकले बैंकिङ कसुरको अभियोगमा कारागारमा रहेका तामाङको नाउँमा कर्जा चुक्ता गर्न आउन सूचना जारी गरेको छ ।
कर्जा चुक्ता गर्न दिएको मितिभित्र नतिरे ऋणीको नाउँमा बैंकमा धितो राखिएको चल–अचल सम्पत्ति लिलाम गर्ने तयारी बैंकले गरेको छ । प्रभु बैंकले तामाङले लिएको कर्जाको किस्ता (साँवा र ब्याज) सम्बन्धी सर्त कवुलियत उल्लंघन गरेको तथा पटक–पटक मौखिक एवं लिखितरूपमा ताकेता गर्दा समेत सोको पूर्ण बेवास्ता गरी ऋणी तथा जमानतकर्ताले कर्जा नियमित तथा चुक्ता फछ्र्यौट गर्नेतर्फ कुनै चासो नदेखाएको र कर्जा चुक्ता गर्ने विषयमा आलटाल गरेर बसिरहेकाले जेठ ३ गते बुधबारको मितिले ३५ दिनभित्र सबै ऋण भुक्तान गर्न भनेको हो । सूचनाबमोजिम कर्जा चुक्ता गर्ने विषयमा कुनै प्रक्रिया अगाडि नबढाए ऋणी र ऋणी संलग्न सबै कम्पनीहरूलाई कर्जा सूचना केन्द्रको कालोसुचीमा राख्ने र धितोमा रहेको चल–अचल सबै सम्पत्ति लिलाम गर्ने चेतावनी पनि बैंकले दिएको छ ।
ऋण नतिरेको खण्डमा बैंकले कोट्से भैरव हाउजिङको नाममा दर्ता कायम रहेको सिनोन योद्धा गाडी, ब्याकोइ लोडर र महेन्द्र लोडरलगायतका गाडीहरू बोलकबोलमार्फत बिक्री गर्ने तयारी बैंकले गरेको छ । यस्तै सिभिल फर्निचरको नाउँमा बैंकमा धितोको रूपमा रहेको हुन्डाइ र मिनी ट्रिप गाडी समेत लिलाममार्फत बिक्री गर्ने तयारी बैंकको छ ।
प्रभु बैंकले कर्जा चुक्ता गर्नको लागि ताकेता गर्दै चेतावनी दिएका तामाङ अहिले कारागारमा छन् । संगठितरूपमा सहकारी ठगी गरेको आरोपमा तामाङलाई २०७८ असोज १९ गते प्रहरीले पक्राउ गरेको थियो । सिभिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका एक हजार छ सय बढी बचतकर्ताको करिब छ अर्ब रुपैयाँ हिनामिना गरेको अभियोगमा तामाङ र श्रेष्ठसहितका झण्डै एक दर्जन व्यक्तिलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका मध्ये केही व्यक्तिहरू अदालतको आदेशअनुसार धरौटीमा रिहा भए पनि तामाङ कारागारमै छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1
ताजा अपडेट
- घरजग्गा किनबेच सहजीकरण र ऋण मिलाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ
- भारतबाट १०० रुपैयाँभन्दा बढीको सामान नेपाल ल्याए भन्सार तिर्नुपर्ने
- आग्रह र पूर्वाग्रह बिना दश वर्षको बजेट समीक्षा गरौँ : पूर्वअर्थमन्त्री शर्मा
- नेपाली समाजमा भ्रष्टाचारको नाङ्गो रुप देखियो : अध्यक्ष नेपाल
- सर्वोच्चद्वारा नागरिकता विधेयक प्रमाणीकरणको प्रतिलिपि झिकाउन आदेश
- कोशी प्रदेशमा गैर शान्तिपूर्ण गतिविधि भए राज्यले छुट नदिने : गृहमन्त्री
- नेपालको राजनीतिक इतिहास माओवादीविना अपुरो : जनार्दन शर्मा
- बजेटमा चरम अन्याय भएको छ : राजेन्द्र पाण्डे
धेरैले पढेको
- धादिङको साना किसान सहकारीमा अनियमितता भएको अदालतको ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया