Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजार३४ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

३४ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार


काठमाडौं,सरकारको लागि नेपाल राष्ट्र बैंकले फेरी ३४ अर्ब २० करोड ३२ लाख रुपैयाँ आन्तरिक ऋण उठाउन लागेको छ । राष्ट्र बैंकले ट्रेजरी बिल बिक्रीमार्फत उक्त ऋण उठाउन लागेको हो ।

सोमबार बैंकले आज (सोमबार) दिउँसो तीन बजेसम्म बोलकबोलको माध्यमबाट उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागेको हो । राष्ट्र बैंकका अनुसार दुई अर्ब रुपैयाँको नयाँ ऋण उठाइने छ भने ३२ अर्ब २० करोड रुपैयाँको पुरानो नवीकरण हुनेछ ।

ट्रेजरी बिल जेठ नौ गते मंगलबारदेखि जारी हुनेछ । टे«जरी बिल खरिदकालागि बैंक तथा वित्तीय संस्थाले बोलकबोल पेस गर्न सक्नेछन् ।

राष्ट्र बैंकका अनुसार २८ दिन अवधिको १० अर्ब, ९१ दिन अवधिको चार अर्ब २३ करोड ३२ लाख, एक सय ८२ दिन अवधिको १२ अर्ब ४७ करोड र तीन सय ६४ दिन अवधिको सात अर्ब ५० करोड रुपैयाँ रहेको छ ।गत साता पनि राष्ट्र बैंकले ट्रेजरी बिलमार्फत २४ अर्ब ७४ करोड रुपैयाँ बराबरको टे«जरी बिल बिक्री गरी सरकारको लागि आन्तरिक ऋणको जोहो गरिदिएको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1, #page 2

तपाईको प्रतिक्रिया