Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसनराइज बैंकको पशुपालन र आलु खेतीसम्बन्धी तालिम

सनराइज बैंकको पशुपालन र आलु खेतीसम्बन्धी तालिम


काठमाडौं । सामाजिक उत्तरदायित्वअन्तर्गत सनराइज बैंकले सुनसरीको झुम्का नगरपालिकामा मासु उत्पादनका लागि पशुपालनसम्बन्धी र डडेलधुरामा आलु खेती सम्बन्धमा सिपमूलक तालिम तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । स्थानीय तहमा सुुहाउँदो कृषि व्यवसायसम्बन्धी तालिम स्थानीय व्यक्तिहरूलाई प्रदान गरेर उनीहरूको आम्दानी वृद्धिमा मद्दत गर्ने तथा त्यस व्यवसायमा आवश्यक पर्ने बैंकिङ ज्ञान प्रदान गर्ने उद्देश्यका साथ असार एक गतेदेखि झुम्का, सुनसरीमा ३१ जना सहभागीका साथमा दुई दिने मासु उत्पादनका लागि पशुपालनसम्बन्धी सिपमूलक तालिम तथा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको थियो । सनराइज बैंक कोशी प्रदेशका प्रमुख विनोद गजुरेल र बैंकका अन्य पदाधिकारीहरूको उपस्थितिमा उक्त कार्यक्रम गरिएको थियो । दुई दिने कार्यक्रमको प्रशिक्षण डा नागेन्द्रबहादुर दाहाल र सबिन खतिवडाले गरेका थिए । बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएको उक्त कार्यक्रम विशेषगरी बाख्रा, बङ्गुर र कुखुरापालनमा केन्द्रित सिपमूलक तालिम दिइएको थियो ।

त्यसैगरी कृषकहरू समक्ष कृषि, आम्दानी वृद्धि र बैंकिङ ज्ञान प्रदान गर्न जेठ ३२ गतेदेखि अमरगढी ८ डडेलधुरामा आयोजित दुई दिने आलु खेती उत्पादन तथा वित्तीय साक्षरता कार्यक्रममा ४० जना सहभागीहरू थिए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालयका स्रोत व्यक्तिहरू ध्रुवराज जोशी र मनिषा चौधरीद्वारा प्रशिक्षित उक्त कार्यक्रम प्रमुख अतिथि अमरगढी ८ का वडाध्यक्ष नरबहादुर शंखी र बैंकका तर्फबाट प्रतिनिधि पुष्पराज भट्ठको उपस्थितिमा आयोजना गरिएको थियो । यस तालिमले आलुको व्यावसायिक उत्पादन, बजारीकरण, आलुबाट बनाउन सकिने सामग्रीसम्बन्धी ज्ञान र त्यसबाट आप्mनो आयलाई कसरी बढाउन सकिन्छ भन्नेबारे ज्ञानसमेत दिइएको थियो । सिपमूलक तालिमले कृषकहरूमा उत्पादन वृद्धि त्यसको बजारीकरण र बचतका बारेमा ज्ञान प्रदान भएको र यसले उनीहरूको व्यावसायिक क्षमतामा वृद्धि गर्ने बैंकले विश्वास लिएको छ । बैंकले यस्ता सिपमूलक तालिम देशभरका सातै प्रदेशमा गर्दै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 11

तपाईको प्रतिक्रिया