Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयसंगत गुनाको फल

संगत गुनाको फल


भनिन्छ, परिश्रमको फल मिठो हुन्छ तर संगत गुनाको फल जस्तो हुन्छ, संगत पनि त्यस्तै हुुन्छ । राम्रो संगत भए राम्रै फल मिल्छ, नराम्रो संगत गरे नरामै्र फल मिल्छ । जो सज्जन मानिस हुन्छ, उसले गलत मानिसको संगत नै गर्दैन । तर जो सज्जन र सुसंस्कृत हुँदैन, उसले जस्तो मानिस नजिक प¥यो, त्यसैसँग नजिक प-यो, त्यसैको संगत गर्छ । अर्थात् ऊसँग सही र गलत छट्याउन सक्ने ज्ञान नै हुुँदैन । जसले जे भन्छ, त्यसले जे भने पनि पत्याउँदै जान्छ । खासगरी त्यस्ता मानिसहरु जसले पछिल्लो पटक जे भनेको छ, त्यसलाई नै विश्वास गर्दछ र त्यही कुरा मान्दै हिँड्छ । तर उसले त्यो सही हो कि गलत भन्ने कुरा छुट्याउने आवश्यकता नै ठान्दैन ।

प्रचण्ड प्रधानमन्त्री हुँदा उनको क्याबिनेटका एक जना मन्त्रीकी कान्छी श्रीमती सिक्किमको मुख्य मन्त्रीको कार्यालयको सचिवालयमा जागिरे थिइन् । अहिले उनी दिल्लीमा जीएमओमा सरुवा भएकीछन । अहिलेको प्रधानमन्त्री केपी ओलीका एक जना विश्वासपात्र र यसअघि महत्वपूर्ण राजनीतिक नियुक्ति पाइसकेका व्यक्तिको श्रीमती चाइनिज दूतावासको भिसा सेक्सनमा कार्यरत रहेकी छिन् । अब यहाँ भनिरहनुपर्दैन कि प्रचण्डका तीन मन्त्रीले कस्तो कुरा सल्लाह दिन्थे होलान् या प्रधानमन्त्री ओलीलाई उनका ती विश्वासपात्रले कस्तो सुझाव दिए होलान् ? यही सरकारले एक जना विज्ञलाई नीतिगत सुझाव दिन महत्वपूर्ण ठाउँमा नियुक्त गरेका छन् । उनकी श्रीमती विदेशी खासगरी युरोपेलीहरुसँग सम्बद्ध संस्थामा कार्यरत छिन् ।

उनीहरुको अन्तर्जातीय विवाह थियो तर उनले अहिलेसम्म पनि श्रीमान्को थर ग्रहण गरेकी छैनन् । किनकि त्यसो गर्दा गोराहरुले उनलाई अहिलेजस्तो महत्व दिँदैैनन् । अब त्यस्तो पारिवारिक मानसिकताको व्यक्तिबाट सरकारले कस्तो नीतिगत सुझाव पाउला ? अहिलेका प्रधानमन्त्री ओलीले अभूतपूर्ण काम गरेका छन् । तर पनि उनले आफ्नै दलका नेताहरुबाट साथ र सहयोग पाउनसकेका छैनन् । त्यस्तो हुुनुको प्रमुुख कारण उनको संगत हो । उनको संगत कस्तो छ भन्ने केलाउन कुुनै कचहरी गरिरहनुुपर्दैन । उनी सरकारमा आएपछि सरकारमा भएका नियुक्ति, सरकारले गरेका नियुक्ति, पार्टीमा उनको तर्फबाट भएका नियुुक्ति वा सिफारिसहरु हेर्दा नै छर्लंग हुन्छ । मारिनुुअघि चरी भनिने दिनेश अधिकारीलाई चिन्थे तर मारिएपछि अधिकारीलाई प्रधानमन्त्रीले चिनेनन् । विराटनगरतिरका डनदेखि काभ्रेका डनसम्म उनको सम्पर्कमा रहेका छन् ।

खेलकुुद परिषद्, रेडियो नेपाल, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, गोरखापत्र, रेडियो नेपाललगायतका ठाउँमा भएका नियुुक्तिले प्रधानमन्त्रीको संगत देखाउँछ । त्यसो त मन्त्रिपरिषद्मै भएका केही नियुुक्ति त्यस्तै छन् । राजदूत नियुक्ति मात्र होइन । उनको सिफारिसमा भएका केही सांसदहरुकै बारेमा पार्टीभित्र कुरा उठेका छन् । यस्तो किन भएको हो भने यो प्रधानमन्त्री ओलीको संगत हो । उनका वरिपरिका नै यिनै हुुन् ।

अहिलेको विश्वव्यापी कोरोनाको संक्रमणले आक्रान्त भएको नेपालमा यसको उपचार र रोकथामका नाउँमा समेत नांगो रुपमा भ्रष्टाचार भइरहँदा त्यसबारे र जनजीवनबारे कुुनै सरोकार नै नराखी उनकै पार्टी नेकपाले किन एकोहोरोरुपमा प्रधानमन्त्री र पार्टी अध्यक्ष पदबाट ओलीले राजीनामा दिनुुपर्दछ भनेर घेराबन्दी गरिरहेका होलान् भन्ने प्रश्नको जवाफ खोज्न पनि टाढा जानुुपर्दैन । यस्तो अवस्था आउनुुको कारण संगत गुनाको फल हो ।

प्रधानमन्त्री ओलीले काम राम्रो नगरेका पनि होइनन् । भ्रष्टाचार मात्र गरेका पनि होइनन् । तर अहिले यो घेराबन्दीको अवस्था उनको संगत गुनाको फल हो । उनको सरसल्लाह गर्ने समूहमा आशा लाग्दा र भरोसायोग्य व्यक्ति नै एकाधबाहेक अधिकांश बिचौलिया प्रवृत्तिका छन् । अहिलेको अहिले मालामाल बन्नुुपर्ने, ठाउँका ठाउँमा सिध्याइदिने खालका व्यक्तिबाट घेरिएर बसेपछि प्रधानमन्त्रीले जतिसुकै राम्रो काम गरे पनि कसले काँध हाल्ने । यसअघिको एक मन्त्रीले पदबाट हट्दै गर्दा त्यो गिरोहले प्रधानमन्त्रीलाई भेट्नै नदिएको गुनासो गरेका थिए । प्रधानमन्त्री यो संगत र घेराबन्दीबाट बाहिर ननिस्किँदासम्म यस्तै फल व्यहोरिरहनुपर्दछ ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया