Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयकोरोना मापदण्ड : अन्य देशको तुलनामा नेपाल

कोरोना मापदण्ड : अन्य देशको तुलनामा नेपाल


काठमाडौं ।
संसारभर कोरोना महामारीको प्रकृति एउटै छ । यसको क्षति र रोकथाम पनि एकै प्रकारका छन् । के गर्दा कोरोना सर्छ र सर्दैन भन्ने मान्यता पनि विश्वव्यापी नै छ अर्थात् समान छन् । जुन देशको शासनले यसलाई हेलचेक््रयाँइ गर्न खोज्यो त्यो देश भयावह रूपमा संक्रमित भएको विश्वस्तरमा नै उदाहरण बनेको छ भने जसले सुरुमा नै सतर्कता अपनाए ती देश त्यरी नै संक्रमण रोक्न विश्वव्यापी नै हुनेगरी उदाहरणीय बने ।

पहिलो, दोस्रो र तेस्रो जुन लहर होस् कुरो एउटै छ संसारभरि नै । यतिबेलासम्म कुनै देशको मान्छेमा यो संक्रमण भिन्न रूपले आएको भन्ने छैन । कुनै देशविशेषको र कुनै रङ्गविशेषको कारणले कोरोना लागेको/नलागेको भन्ने पनि छैन । उपचार पद्धति, औषधि र खोप आदि सबै एकनास छन् भने केवल यसबाट जोगिनचाहिँ समान व्यवहार गरिँदैन भन्ने प्रश्न उठ्न सक्तछ । कुनै देशका नागरिकले कुनै उदाहरणीय काम गरे भने हाम्रो देशमा चाहिँ उल्टो गरिन्छ । साधारण नागरिक त भइहाले उदाहरणीय बन्नुपर्ने ओहोदाधारीहरूले पनि अन्यत्र प्रकट भएको राम्रो कामको अनुकरण गरेका अवस्था देखिएन । यसका केही मात्रै उदाहरण पनि काफी होलान् ।

असार नेपालको धान दिवस हो । यो दिन यो दिवस मनाउँदा मन्त्री, पूर्वमन्त्रीले मास्क नलगाई आठ/दशवटै हुनेगरी मुख जोडेका तस्बिरहरू सार्वजनिक माध्यममा आए । कोरोनााट जोगिन एक–अर्काबीच दुई मिटरको दूरी कायम हुनुपर्ने भनिएको छ तर यस दिन रोपाइँ गर्न जो खेतमा पुगे र फोटो खिचाए तिनका विनामाक्सका मुखहरू एक मिटरमा १०–१५ वटा जति हुनेगरी देखिएका थिए । सहभागीहरूले मुख जोडेको यो घटनाका दृश्यहरू जहाँतही हेर्ने पाइन्छ । यसै दिन अर्थात् यही क्षण सात समुद्रपारिको एउटा देशका उच्च पदाधिकारी ३० सेकन्ड सार्वजनिक स्थानमा मास्क नलगाउँदा कारबाहीमा परे ।

नेपाली माध्यममा त्यो समाचार यसरी आयो– लकडाउनको समयमा मास्क नलगाएको भन्दै अस्ट्रेलियाका नवनियुक्त उपप्रधानमन्त्री बर्नाबी जोसेलाई प्रहरीले जरिबाना गरेको छ । सत्ताधारी गठबन्धनको एक घटक नेशनल पार्टीका मुख्य नेता जोसेलाई स्थानीय प्रहरीले न्यू साउथ बेल्स राज्यको उत्तर–पश्चिमी आर्मिडेलको पेट्रोल पम्पमा पेट्रोल भरेपछि सर्भिस सेन्टरभित्र मास्क नलगाई बसेको भेटिएका थिए ।

मास्कबिना भेटिएका ती भद्र महाशयले प्रहरीलाई क्षमायाचनासहित विनम्रतापूर्वक सहयोग गरेँ, उनलाई दुई सय डलरको जरिबाना तोकियो । विवरणअनुसार उनी विमानस्थल जान ढिला भएको हतारोमा रहेछन् । गाडीमा तेल हाल्न ओर्लेको र सर्भिस सेन्टरभित्र छिरेको ३० सेकेन्डमा आफू प्रहरी कारबाहीमा परेको स्वीकारे ।

मास्क नलगाएको भनेर मन्त्रीलाई यस्तो कारबाही भएको बेला यो देश अस्ट्रेलियामा पछिल्लो २४ घन्टामा २९ जनामा नयाँ संक्रमण देखिएको थियो । रिपोर्टमा आएअनुसार २३ स्थानीय र ४ विदेशबाट आएर क्वारेन्टाइनमा बसेकाहरू थिए । यसले पनि बताउँछ कोरोना संक्रमणका बारेमा यो देश कति सतर्क रहेछ । केही पहिले मात्र बेलायती स्वास्थ्य मन्त्रीले आफ्नो पदबाट राजीनामा दिएका थिए । आफ्नै एक महिला सहयोगीलाई चुम्बन गरेको फोटो सार्वजनिक भएपछि यी मन्त्री म्याट ह्यानकक त्यो पदमा बस्न आफूले नैतिकता गुमाएको भनी राजीनामा गरेका हुन् ।

बेलायतमा चुम्बन नेपालमा हात मिलाएजस्तै मानिन्छ । बेलायतले कोरानाको रोकथामका बारे केही मापदण्डहरू बनाएको थियो । त्यसमा यस्तो चुम्बन र अँगालो मार्न पाइँदैन । यही सन्दर्भमा अरूलाई मात्रै मापदण्ड मन्त्रीलाई नियम नलाग्ने भन्दै उनको चर्को आलोचना भएको अवस्थामा यो राजीनामा आएको हो । एउटा मास्क नलाउँदा दुई सय डलर जरिबाना र अँगालो मार्दा मन्त्रीपद नै छाड्नुपरेको यो अवस्थामा नेपालमा यस्ता कुराको अनुकरण गरे अर्थात् ठूला पदाधिकारीलाई पनि मापदण्ड पालना नगर्दा कारबाही गरे के हुन्छ ?


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x