Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयकोरोना सार्ने काम अपराधजस्तो

कोरोना सार्ने काम अपराधजस्तो


काठमाडौं । देशमा व्याप्त कोरोना महामारीको तेस्रो लहर यो हदसम्म विस्तार हुनुमा राजनीतिक नेता र तिनका दलहरूको भूमिका रहेको भन्ने ठहर छ विज्ञहरूको । गएको मंसिर र पुस महिना प्राय ठूला सबै दलका महाधिवेशनका नाममा ठूलो जनसंख्या देशव्यापी चलायमान भयो । कतिपय राजनीतिक दलले जति बढी भिड जुटाइयो आफूलाई त्यति नै सफल माने । राजनीतिक मञ्चबाट नै यस्तो घोषणा भएका थिए । यसले जसरी संक्रमण सार्ने काम भयो त्यो डरलाग्दो नै थियो । यद्यपि उनीहरूले नै सारेको भन्ने त किटानी नहोला तर त्यसमा यसका कारकचाहिँ उनीहरू नै रहेका भन्ने आइरह्यो । एउटा दलका त उच्चस्तरका नेतासहित ठूलो संख्या नै त्यो महाधिवेशन सम्पन्न भएको चौथो/पाँचौँ दिनदेखि नै थला पर्न थाले । कसैबाट संक्रमित भएर त्यसको लक्षण देखिन तीन/चार दिन लाग्ने हुन्थ्यो । यो ठाउँमा त्यही भयो । नेताबाट कति सारियो भन्नेचाहिँ अनुमान नहोला ।

यदि कोरोना कोबाट सरेको भन्ने खुटिने थियो भने उनीहरूलाई यो रोग सारेको अपराध लाग्नसक्ने थियो होला । विगतदेखि नै उच्चस्तरको नेतृत्वबाट यस्तै हुँदै आएको देखिन्छ । धेरै टाढा जानु पर्दैन, देशको अनुकरणीय पदाधिकारी राष्ट्रपतिले नै राज्यले तोकेको मापदण्ड उल्लंघन गरेको देखियो । समारोहमा नगए पनि हुने कार्यक्रममा राष्ट्रपतिको उपस्थिति भएको विवरणहरू आइरहेका थिए । ती विवरण आफैँमा विज्ञहरूका लागि गिज्याउने खालका थिए । संसारभरि यस्तो भइरहेका पनि छन् ।

बेलायतका प्रधानमन्त्रीले कोरोनाको मापदण्ड कायम नगर्दा संसद्मा राजीनामा माग गर्ने र दिनुपर्नेसम्मको अवस्था आयो । तर यता नेपालमा भने यस्तो उच्चस्तरका नेताबाट त्यसबाट सिक्नुपर्ने अवस्था महसुस गरेको समेत देखिएन, त्यसलाई ध्यान दिइएको त परै जाओस् । त्यसको पछिल्लो उदाहरण प्रमुख प्रतिपक्षी दलका नेता हुन्, जसले उल्लंघन गरेका मापदण्डहरूको शृंखलाका बारेमा हप्ताभरि नै चर्चा भयो । कोरोना संक्रमित व्यक्ति कम्तीमा एक हप्ता अनिवार्यरूपले आइसोलेसनमा बस्नुपर्ने भनी सरकारबाट औपचारिकरूपमा नै जस्तो उर्दी जारी भयो त्यसैलाई उल्लंघन गरे विपक्षी दलका नेताले । यो आफैँमा सर्वसाधारणलाई संक्रमणाट जोगाउनेभन्दा संक्रमणलाई सार्ने काम भएको देखियो जो त्यहीअनुसार आलोचना पनि भयो । यो त्यस्तो दिनको कुरा हो जो १२ हजारको संख्या संक्रमित भएको देखियो त्यही दिनयता नेताले सार्वजनिक समारोहमा उपस्थिति जनाए कोरोना पुष्टि भएको भोलिपल्टै । आफूलाई संक्रमण भएको भनी त्यो समारोहमा उनैले बताए र उनै त्यो ठाउँमा उपस्थित भए । यिनै नेताबाट त्यसवरिपरिका मान्छेमा संक्रमण फैलियो भने त्यसको दोष कसलाई दिने भन्ने प्रश्न उब्जने भयो नै यद्यपि त्यस्तो जानकारीपछि गोप्य राखिएला जो अलग कुरो हो ।

यदि यो ठाउँमा अरु कसैको यस्तो समारोहमा उपस्थिति भएको थियो भने यो अपराध मानेर सम्भवतः कारबाही पनि हुनेथियो होला तर प्रमुख प्रतिपक्षी दलका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री स्वयम यो ठाउँमा प्रकट भए कोरोना संक्रमण भएको चौथो दिन । समाचार विवरणअनुसार यसमा दर्जनौँ नेता तथा कार्यकर्ताको उपस्थिति थियो । संक्रमणको जानकारी नभएको होइन, शीघ्र स्वास्थ्यलाभको कामना भनेर व्यानर नै राखिएको थियो । त्यसमा हामीलाई ‘बा’ (केपी शर्मा ओली) भएपछि केही पनि हुँदैन, हामी स्ट्रोङ छौँ भन्नेसम्मका समाचार आए । अपेक्षा हो उच्चस्तरका नेताबाट अरु साधारणले पनि अनुकरण गर्ने काम नहोस् ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x