Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयज्यालादारी गर्नेहरूको जीवन सङ्कटमा

ज्यालादारी गर्नेहरूको जीवन सङ्कटमा


काठमाण्डौं,चैत १८
सरकारले आमनागरिकमा कुनै जानकारीविनानै कोरोनाविरुद्ध लड्न भन्दै गरेको लकडाउनको नागरिकको तहबाट व्यापक समर्थन भयो । त्यसको कारण हो, नागरिकको स्वास्थ्यको सुरक्षा सन्दर्भ । यसबेलासम्म विश्वमा यसले लिएको आकार र त्यो बढ्दै गएको अवस्थामा नेपालमा त्यसलाई राक्नेतर्फको तयारी भएन भन्ने व्यापक गुनासो बढिरहेको थियो । यो समर्थनबाट बल पाएर नै सरकारले म्यादथप्ने सोच बनाएको हुनुपर्छ । लकडाउन भनेको सरकारको पक्ष÷विपक्षको कुरा होइन । यसलाई साझासवालका रूपमा लिनपर्छ । नागरिकको समर्थन त्यही कोणबाट प्राप्त भएको बुझ्न सकिन्छ । यो समर्थनमा नागरिकका आफ्ना पक्षबढी छन् । त्यसतर्फ सरकार कहाँ छ ? भन्ने प्रश्न सुरुदेखिनै उठिरहेको र निरुत्तरित रहेको अवस्था छ । जनताका समर्थन निश्चयनै राम्रो रह्यो तर यो ठाउँमा सरकारका पनि केही दायित्व हुन्छन् । यस्तो लकडाउन कुनै गोप्यरूपले गर्ने कुरा होइन । यद्यपि सरकारलाई लाग्ला पर्याप्तसमय हुँदाको क्षणमा यस्तो घोषणा भयो भने बजारबाट सरसामानहरू गायब हुन्छन् वा उपभोक्ताले चाहिनेभन्दा बढी जम्मा गर्छन् । एकहदसम्म योभनाइमा तर्क होला तर योे एक दिनको कुरा होइन । एक, दुई हुँदै तीनहप्तासम्म निरन्तर कायम रहने हुँदा त्यस्तो जमाखोरी नचल्लाजस्तो भारतमा तीन हप्ताको लकडाउनको घोषणा हुनेकुरा दुई दिनअघिनै सबैमा जानकारी थियो ।अपर्झट घोषणाहुँदा सरकारको खासगरी आपूर्तितर्फ र दैनिक उपार्जन गरी जिविका चलाउनुपर्ने वर्गका लागि विशेष कार्यक्रम हुनुपर्ने थियो तर त्यस्तो भएन ।

भारतमा यस्तो लकडाउन घोषणाहुनासाथ करिब ८० करोड मान्छेका लागि खानाको व्यवस्था गरेको कुरा आए । भारतमा नेपालभन्दा एक दिनपछि यस्तो घोषणा भएको हो । नेपालमा यो लकडाउनको सातौँ दिन चलिरहँदाको क्षणसम्म त्यस्तो केही थिएन । कुनैस्थानीय निकायले स्वतस्फुर्तरूपमा र केही धार्मिक संस्थाले सेवाभावले यस्ता दैनिक ज्यालादरी वर्गलाई सीमित ठाउँमा कोही दिनका लागि भोजनपानीको व्यवस्था गर्नुबाहेक अरु कतै व्यवस्थित राहतको व्यवस्था गरेको पाइएन । कसैको सेवा र राज्यले दिने प्याकेज अलग कुरा हुन् ।वास्तवमानै लकडाउनका यी दिनमा ज्यालादारी मजदुरलाई भाइरसभन्दा भोक ठूलो भएको छ । जब उनीहरूमा भाइरसबाट जोगिने कि भोकसँग भन्ने प्रश्न खडा हुन्छ, त्यसबेला सरकारले गरेको यस्तो लकडाउनमाथि नै प्रश्न उठछ । अहिले नै यसकाबारे एउटा धारण आइसकेको छ, सरकारसँग यस्ता समस्यासँग जुध्न वा चुनौतीको सामना गर्न कुनै योजना थिएन । सरकारले बन्दाबन्दी घोषणा गरेको तेस्रो दिनदेखिनै निर्माण र यातायात क्षेत्रका मजदुरहरूमा खाद्यन्नलगायत अत्यावश्यकीय सामग्रीको अभाव देखिन थालिसकेको भन्ने रिपोर्ट आएका थिए । सिनेमा हलछेउका हल्का पेयपदार्थ र फुटपाथका साना नाङ्ले पसल आदि पनि यो मारमा पर्नेमध्येको वर्ग हो । त्यो यतिबेला कसरी जीवन निर्वाह गरिरहेको होला भन्ने सरकारले कतैपनि रेकर्ड राखेको पाइएन । यो वर्ग यतिबेलासम्म लावारिस नै छ । यसको मर्म बुझ्न सरकारले चासोसमेत राखेको देखिएन। त्यसो नहुँदो हो त छिमेकी देश भारतमा जस्तै नेपालमा पनि यस्तो बन्दको प्रारम्भमानै त्यस्तो प्याकेज आइसक्ने थियो । भनिएला राहतको कुरा त सरकराले गरिरहेको नै छ । तर, यसले यस्तो कठोर प्रकारको समस्याको सम्बोधन गर्नेजस्तो देखिएन ।


क्याटेगोरी : सम्पादकीय


तपाईको प्रतिक्रिया