Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारबेइजिङका र सांघाइका विद्यालय खुले

बेइजिङका र सांघाइका विद्यालय खुले


चीन, वैशाख १६
सांघाई र बेइजिङका विद्यालयहरु सोमबारदेखि खुलेका छन् । सोमबार यी शहरका दशौँ हजार विद्यार्थी विद्यालय गएका छन् । महिनौँको बन्दपछि सोमबार पहिलो पटक बेइजिङ र सांघाईका विद्यालयहरु खुलेको समाचारमा जनाइएको छ । कोरोना भाइरसको महामारीका कारण यी शहरका विद्यालयहरु पनि बन्द गरिएको थियो । बेइजिङ र सांघाइसँगै चीनका प्रमुख शहरका विद्यालयहरु बन्द गरिएको थियो । चीनमा कोरोना भाइरसको उत्पत्ति भएपछि त्यहाँ लामो समयसम्म लकडाउन गरिएको थियो । यही लकडाउनका कारण यहाँका अरु कार्यालहरुका साथै विद्यालय तथा विश्वविद्यालयहरु पनि बन्द गरिएको थियो ।

तर अहिले पनि त्यहाँ यसको संक्रमणको उच्च सतर्कता अपनाइएको छ । यही उच्च सतर्कताका साथ चीनमा व्यावसाय तथा कार्यालयहरु विस्तारै खुला गर्न थालिएको छ । यसैअनुसार सोमबारदेखि चीनका प्रमुख यी दुई शहर बेइजिङ र सांघाइमा पनि विद्यालय खुला गरिएको समाचारमा जनाइएको छ ।

लामो समयपछि खुला भएर विद्यालय जान पाएकोमा यी शहरका बालबालिका निकै खुशी देखिएका त्यहाँबाट प्राप्त समाचारमा जनाइएको छ । चीनको वुहान सहरमा गत डिसेम्बरको अन्तिम हप्तादेखि देखा परेको कोरोना भाइरसको प्रकोपले सबैभन्दा पहिला चीनलाई बढी प्रभाव पारेको थियो । यस संक्रमणबाट चीनमा ४ हजार भन्दा बढी मानिसको ज्यान गएको बताइएको छ । चीनमा यो महामारीको प्रकोप नियन्त्रणमा आएपछि अब यहाँको जनजीवन विस्तारै सामान्यतर्फ फर्किएको यहाँका सञ्चारमाध्यमले बताइएका छन् । (रासस/एएफपी)


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया