क्यानडाको अर्थतन्त्रमा अप्रत्याशित संकुचन
क्यानडा । क्यानडाको अर्थतन्त्र अप्रत्याशितरूपमा संकुचन भएको छ । दोस्रो त्रैमासिक रिपोर्टअनुसार वार्षिक वृद्धिदरमा शून्य दशमलव २ प्रतिशत विन्दुले गिरावट आएको छ । यो तथ्यांकले सम्भावित मन्दी नियन्त्रण गर्नेगरी दरहरू निर्धारण गर्न केन्द्रीय बैंकमाथि दबाब परेको छ ।
यो तथ्यांक बैंक अफ क्यानडाले प्रक्षेपण गरेको एक दशमलव ५ प्रतिशत विन्दुभन्दा कम हो । विश्लेषकहरूले पनि एक दशमलव २ प्रतिशत लाभ हुने प्रक्षेपण गरेका थिए । क्यापिटल इकोनोमिक्सका लागि उत्तर अमेरिकी अर्थशास्त्री स्टिफन ब्राउनले क्यानडाको अर्थतन्त्र पहिले नै सामान्य मन्दीमा परेको हुनसक्ने बताएका छन् । उनले यो तथ्यांकअनुसार बैंक अफ क्यानडाले आगामी साता अहिलेको ब्याजदरलाई चलाउँदैन भन्नेमा शंका रहेको बताए ।
क्यानडाको तथ्यांक कार्यालयका अनुसार मुख्यतया आवास लगानी र निर्यातमा कमी र घरेलु खर्चमा आएको गिरावटले अर्थतन्त्रमा संकुचन देखा परेको बताए । गत जुनमा क्यानडाको जंगलमा लागेको डढेलोले खानी उत्खनन र रेल यातायातलगायत धेरै उद्योगहरूमा प्रतिकूल असर पारेको थियो ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- शुक्रबार १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिँदै
- कर्जा सुरक्षण कार्यक्रमलाई विविधीकरण गरी लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्छ : अर्थमन्त्री डा महत
- पार्टीका नाममा चलाइएका नक्कली सामाजिक सञ्जाललाई एमालेले कारबाही गराउने
- साउन र भदौमा पाँच अर्ब ४३ करोडको विद्युत् निर्यात
- श्रम आप्रवासनका सवाल सम्बोधन गर्न सरकारको ४७ बुँदे निर्णय
- युरोपका तीन देशमाथि व्यापार प्रतिबन्ध लगाउने युक्रेनको तयारी
- सेयर धितो कर्जा परिमार्जन हुने संकेत संगै बढ्यो सेयर बजार
- अमेरिकाको ऋण तीन सय ३० खर्ब डलर नाघ्यो
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया