सकियो १८औँ ‘जी २०’ शिखर सम्मेलन
भारत । विशाल अर्थतन्त्र भएका १९ राष्ट्र र युरोपेली संघ मिलेर बनेको अन्तरसरकारी संगठन ‘जी २०’को १८औँ शिखर सम्मेलन भारतको राजधानी नयाँदिल्लीमा आइतबार सकिएको छ । जी २० को अध्यक्ष देश भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले १८औँ शिखर सम्मेलन समाप्त भएको घोषणा गरेका हुन् । उनले भारत मण्डपमा आयोजित बैठकको समीक्षा गर्न आगामी नोभेम्बरको अन्त्यतिर भर्चुअल बैठक गर्ने प्रस्ताव गरेका छन् ।
भारत आगामी नोभेम्बरसम्म जी २० को अध्यक्ष रहनेछ । भारतले गतवर्षको डिसेम्बरमा इन्डोनेसियाको बालीमा भएको १७औँ शिखर सम्मेलनमा जी २० को अध्यक्षता ग्रहण गरेको थियो । प्रधानमन्त्री मोदीले अन्तर्राष्ट्रिय आर्थिक सहयोगका लागि प्रस्ताव गरिएका विषयहरुको समीक्षा आवश्यक रहेको बताएका छन् ।
भारतका प्रधानमन्त्री मोदीले ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भालाई आगामी डिसेम्बर १ देखि जी २० को अध्यक्षता गर्नेगरी प्रतीकात्मक हथौडीसँगै अध्यक्षता हस्तान्न्तरण गरेका छन् । चक्रिय प्रणालीअनुसार ब्राजिलले आगामी डिसेम्बर १ देखि एक वर्षसम्मका लागि समूहको अध्यक्षता गर्नेछ । यससँगै जी २० को १९औँ शिखर सम्मेलन ब्राजिलमा हुनेछ । सम्मेलनले अफ्रिकी संघलाई जी २० को नयाँ सदस्यको रूपमा प्रवेश गराएको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- बझाङमा आधा घन्टापछि झन ठूलो भूकम्प
- आरजुलाई २ करोड दिएको अडियो सार्बजनिक गरेपछि फिदिम नगर सभापति गुरुङमाथि कांगेसको दण्ड ! के हो २ करोड काण्ड ?
- निर्वाचन प्रणाली तथा व्यवस्थापन प्रकृयामा आधारभूत सुधारको खाँचो: डा. उप्रेती
- १९ सय ५८ बिन्दुमा खुम्चियो सेयर बजार, सबै सुचक रातै
- बझाङमा ५.३ रेक्टरको भूकम्प
- व्यक्तिहत्याका रिगलको कैद सजाय माफीविरुद्ध रिट
- नेपालगञ्जमा कर्फ्यू जारी भएसँगै स्थिति सामान्य
- तनहुँमा फस्टाउँदो ड्रागन खेती
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया