Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारविश्वभर २ लाख ४९ हजारको मृत्यु, मृत्युदरमा सामान्य गिरावट

विश्वभर २ लाख ४९ हजारको मृत्यु, मृत्युदरमा सामान्य गिरावट


जेनेभा, वैशाख २३
कोरोनाभाइरसका कारण विश्वभर २ लाख ४९ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ३५ लाख ९२ हजार नाघेको छ । विश्वभर २४ घण्टाको अवधिमा ३ हजार ४८१ जनाको मृत्यु भएको छ । अघिल्लो दिन २४ घण्टाको अवधिमा ५ हजार २१५ जनाको ज्यान गएको थियो । कोरोनाभाइरसबाट सर्वा्धिक दैनिक मृत्युदर रहेका इटाली, स्पेन, फ्रान्स र बेलायतमा २४ घण्टाको अवधिमा मृत्युदरमा सामान्य गिरावट आएको छ । विगत २४ घण्टामा इटालीमा १ सय ७४, स्पेनमा १ सय ६४, फ्रान्समा १ सय ३५ र बेलायतमा ३ सय १५ जनाको ज्यान गएको छ । संयुक्तराज्य अमेरिकामा पनि मृत्युदरमा कमी आएर १ हजार १ सय ५४ जनाको मृत्यु भएको छ । अघिल्लो यहाँ १ हजार ६ सय ९१ जनाको मृत्यु भएको थियो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया