Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारकच्चा तेलको मूल्य बढ्यो

कच्चा तेलको मूल्य बढ्यो


काठमाडौं । इजरायलमा हमास विद्रोहीले आक्रमण गरेपछि विश्वभर कच्चा तेलको मूल्य बढेको छ । आक्रमणपछि सोमबार बिहान पहिलो पटक खुलेको बजारमा ब्रेन्ट क्रुडको मूल्य करिब चार प्रतिशत बढेको थियो । सोमबार साँझसम्म ब्रेन्ट क्रुड साढे चार प्रतिशत बढेको छ । इजरायल र हमास विद्रोेहीबीच भएको युद्धले मध्यपूर्वमा राजनीतिक अनिश्चितता बढाएपछि खाडी मुलुकले तेल उत्पादन कटौती गर्नसक्ने चिन्ताले कच्चा तेलकाके मूल्य बढेको हो ।

सोमबारको व्यापाारमा ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल तीन दशमलव ५८ डलरभन्दा बढीले बढेर ८८ दशमलव १६ डलर पुगेको हो । रुस र साउदी अरेबियाले डिसेम्बरसम्म तेलको उत्पादन कटौति गर्ने घोषणा गरेपछि करिब एक महिनाअघि मूल्य बढेको थियो । तर, गतसाता मूल्यमा गिरावट आएकोे थियो । करिब ९७ डलर प्रतिब्यारेल पुगेको ब्रेन्ट क्रुड गतसाता ८३ डलरमा झरेको थियो । सोमबार भएको वृद्धिले गतसाताको घट्दो ट्रेन्डलाई उल्ट्याएको छ ।

रुस–युक्रेन युद्धले विश्व अर्थतन्त्र मन्दीमा रहेका बेला इजरायल–हमास संघर्षले थप दबाब पर्ने देखिएको छ । कच्चा तेलको मूल्य बढ्दा विश्वभर फेरि एक पटक महँगी बढ्ने देखिएको छ ।

यो युद्धको असर खाडी मुलुकमा उत्पादन हुने तेलमा पर्नेछ । किनभने खाडी क्षेत्रका केही देशले खुलेरै प्यालेस्टाइनको पक्षमा बोलेका छन् । घटनाले ठूलो रुप लियो भने विश्व दुई कित्तामा ध्रुवीकृत हुनेछ र खाडी मुलुकले तेलको उत्पादन कटौती गरी निर्यात रोक्नेछन् । जसको असर मूल्यमा पर्नेछ । इरानलगायतका मुलुक विश्वबजारमा तेल आपूर्ति गर्ने प्रमुख देश हुन् । इरान र साउदी अरबले हमासमाथि आक्रमण नगर्न दबाब दिन तेलको आपूर्ति घटाए भने विश्वबजारमा मूल्य बढ्दै जानेछ ।

हमासले शनिबार इजरायलमा दशकयताकै सबैभन्दा ठूलो सैन्य आक्रमण सुरु गरेपछि सयौँ मानिसहरु मारिएका छन् । हमासको आक्रमणमा परेर १० नेपाली विद्यार्थीको समेत मृत्यु भएको छ । लाखौं मानिसहरु बंकरमा बस्नु परेको छ । यस घटनापछि इजरायललाई द्वन्द्वमा धकेलियो भने तेल आपूर्तिमा अवरोध हुनसक्ने देखिन्छ । –एजेन्सी


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया