Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअर्थशास्त्रतर्फको नोबेल पुरस्कार गोल्डिनलाई

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार गोल्डिनलाई


स्कटहोम । श्रमबजारमा महिलाको योगदानबारे गरिएको खोजका लागि अमेरिकी हार्वर्ड विश्वविद्यालयकी प्राध्यापक क्लाउडिया गोल्डिनलाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गर्ने घोषणा गरिएको छ ।

स्वीडेनको स्टकहोमस्थित रोयल स्वीडिस एकेडेमी अफ साइन्सेजका महासचिव हान्स एलेग्रेनका अनुसार सोमबार घोषणा गरिएको पुरस्कार विजेता गोल्डिन अर्थशास्त्रतर्फको विधामा पुरस्कृत तेस्री महिला हुन् ।

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार लागि गठित समितिका अध्यक्ष ज्याकोब स्वेन्सनले भने, ‘श्रमबजारमा महिलाको भूमिकालाई बुझ्नु समाजका लागि महत्वपूर्ण छ । क्लाउडिया गोल्डिनको आधारभूत अनुसन्धानबाट हामी अब अन्तरनिहित कारकहरूको बारेमा धेरै बुझ्न सक्नेछौँ । यसले भविष्यमा हुने महिला श्रम कठिनाइलाई सम्बोधन गर्न आवश्यक सहयोग पुग्नेछ ।’

पुरस्कार प्राप्त गरेपछि ७७ वर्षीय गोल्डिनको प्रतिक्रियाबारे एलेग्रेनले भने, ‘उहाँ पुरस्कार प्राप्त गर्दा आश्चर्यचकित र अत्यधिक खुशी हुनुभएको छ ।’

‘क्लाउडिया गोल्डेनको खोजले महिला श्रमबजारमा व्यापक सामाजिक प्रभाव पार्छ,’ पुरस्कार समितिका सदस्य -यान्डी हजलमार्सनले भने, ‘अन्ततः समस्यालाई बुझेर र यसलाई सही नामले पुकारेर, हामी अझ राम्रो तरिकाले अगाडि बढ्न सक्षम हुनेछौँ ।’ यसअघि चिकित्सा, भौतिकशास्त्र, रसायनशास्त्र, साहित्य र शान्ति विधाका लागि पुरस्कारहरू गत साता घोषणा गरिसकिएको छ ।

सन् १९६८ मा स्वीडेनको केन्द्रीय बैंकले स्थापना गरेको अर्थशास्त्र पुरस्कारलाई औपचारिकरूपमा अल्फ्रेड नोबेलको स्मृतिमा आर्थिक जगत्मा ‘बैंक अफ स्वीडेन पुरस्कार’को रूपमा चिनिन्छ । रासस/एपी


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया